images
images

कटारी २ मा एक महिने इलेक्ट्रिक हाउस वायरिङ्ग तालिम सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
६ फागुन , शनिबार , २०७९
कटारी / नगरपालिका वडा नम्बर २ मा एक महिने इलेक्ट्रिक हाउस वायरिङ्ग तालिम आज समापन गरिएको छ । कटारी नगरपालिका गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गतको तालिम सकिएको हो ।
युवाहरुलाई सीप सिकाएर दक्ष र स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो । तालिममा १२ जना सहभागी भएका थिए । ९ पुरुष र ३ महिलाले तालिममा सहभागीता जनाएका थिए ।
सीप सिकेर दक्ष भएको बताउँदै सहभागीहरुले आगामी दिनमा आपैmले काम गर्न सक्ने विश्वास वढेको बताएका थिए ।