images
images

शिव रात्री महादेव गुफामा विशेष रुपमा मनाईदैं , केन्द्र र प्रदेशका संसदपनि पुगे महादेव गुफा

जन्ताभ्वाईस सम्वाददाता
६ फागुन , शनिबार , २०७९
कटारी / आज महाशिव रात्री कटारी , ३ स्थित महादेव गुफामा पनि धुमधामका साथमा मनाईदैं छ । यस वर्ष महादेव गुफामा गएको माघ २५देखि जारी ११ दिने शिव महापुराणका कारण पनि विशेष रुपमा शिवरात्री मनाईदैं छ ।
शिव रात्रीका अवसरमा विहानैदेखि गुफामा पुजा आराधना गर्न भक्तजनहरु पुगिरहेका छन् । जारी महापुराणको साथै गुफाको अवलोकन गर्दै उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य संसद अम्बरबहादुर रायमाझीले गुफाको विकासका लागि बजेटबाटै सम्वोधन गर्ने बताउनुभएको छ ।
संसद रायमाझीले महादेव गुफालाई सानो हलेशीको रुपमा विकास गर्न धार्मिक गन्तब्यहरुलाई जोड्दै कनेक्टिभिटीको रुपमा विकास गर्न सकिने पनि बताउनुभएको छ । त्यसैगरी गुरुयोजना अनुसार गुफाको विकासमा रायमाझीले जोड दिनुभयो ।
त्यसैगरी उदयपुर प्रदेश सभा ख बाट निर्वाचित प्रदेश नम्बर १ का प्रदेस सभा सदस्य रामकुमार खत्रीले पनि गुफाको विकासका लागि प्रदेशस्तरमा पहल गर्ने बताउनुभएको छ । आज शिवरात्री साथै महापुराणको अवसरमा गुफामा कटारीका सरोकारवालाहरुको भीड लागेको छ । आजै शनिबार पनि पर्न गएकोले भक्तजनहरुको घुईचो रहेको छ ।