जन्ताभ्वाईस सम्वाददाता
२ फागुन , मंगलबार , २०७९
कटारी / उदयपुर उद्योग वाणिज्य संघ कटारीको १६ औं साधारण सभाको बन्द सत्रले आज निर्वाचन तालिका सार्वजनिक गरेको छ । वन्द सत्रले ३ सदस्यिय निर्वाचन समिति गठन गरेसँगै निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।
समितिको संयोजकमा धु्रवसिंह कार्की र सदस्यमा सविन खान र शंकर कुमार कटुवाल रहेका छन् । त्यसैगरी निर्वाचन अधिकृतमा अधिकारीमा विष्णु पौडेल र कर्मचारीमा टेकराज निरौला र प्रकाश खड्का रहेका छन् ।
निर्वाचन अधिकारीको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार अध्यक्ष १ , वरिष्ठ उपाध्यक्ष १, प्रथम उपाध्यक्ष १ , दित्तिय उपाध्यक्ष १ ,महासचिव १ , सचिव १ , कोषाध्यक्ष १ सहसचिव १ र ९ सदस्य गरी १७ पदका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार भोलि विहान ८ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता , भोलि नै नामावली प्रकाशन , दावी विरोध , नाम फिर्ता लिने , तथा दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । उमेद्वारका लागि निर्वाचन भने ६ फागुनमा विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
मतदान सकिएपछी मतणना सुरु गरिनेछ । संघका एकहजार २ सय ४ जना मतदाता रहेको संघका अध्यक्ष पुष्कर खड्काले बताउनुभयो । भोलि मनोनयन दर्ताभएसँगै संघको आगामी नेतृत्वका लागि प्रतिष्पर्धिको टुंगो लाग्नेछ ।


जनता भ्वाइस 








