images
images

गोविन्द केसीको संयोजकत्वमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघ कटारी गठन

जन्ताभ्वाईस सम्वाददाता
२६ माघ , विहिबार , २०७९
कटारी /नेकपा एमाले सम्वद्ध किसानहरुको संगठन अखिल नेपाल किसान महासंघ कटारी नगर कमिटीको प्रथम भेला आज सम्पन्न भएको छ । उदयपुर उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलाले गोविन्द केसीको संयोजकत्वमा २१ सदस्यिय नगर कमिटी गठन गरेको छ ।
कमिटीको सचिवमा विरिसलाल अधिकारी दनुवार चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा वालकुमारी पोखरेल , गणेश धमला , श्याम वुढाथोकी , रुपलाल कुमर , पदमकुमारी विक , दुर्गाबहादुर दनुवार , नारायण आचार्य , सपना धना मगर , लक्ष्मी मगर , वुद्धिमान तामाङ्ग ,राजन श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सुकुमाया तामाङ्ग ,हिरालाल गिरी , भवलाल गिरी , तारालाल गिरी , कुलबहादुर तामाङ्ग ,गिता कुमारी गिरी , डम्बरबहादुर विक , र सुजाता तामाङ्ग पनि सदस्यमा चयन भएका छन् ।महासंघका प्रदेश नम्बर १ का अध्यक्ष दुर्गाकुमार थापा स्वस्ती , नेकपा एमालेका उदयपुर अध्यक्ष परमेश्वर घिमिरे , महासंघका जिल्ला अध्यक्ष मनोरथ कोईराला लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भेलाले कमिटी गठन गरेको हो ।