जन्ताभ्वाईस सम्वाददाता
१७ माघ , मंगलबार , २०७९
कटारी/ कटारीमा प्रभु लाईफ ईन्स्योरेन्सको अभिकर्ता तथा पुर्नताजगी कार्यक्रम सम्पन्न भएको छ । सोमबार कटारी स्थित होटेल मजेस्टीमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश नं. १ ए र बी अन्तर्गतका कटारी, गाईघाट, मिर्चैया, लहान, राजविराज , कञ्चनपुर र मधेश प्रदेश बी अन्तर्गतका सिरहा शाखाका एजेन्सी म्यानेजर तथा वरिष्ठ एजेन्सी म्यानेजरहरूलाई आर्थिक वर्ष २०७८/२०७९ को व्यवसायको आधारमा सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीका सहायक महाप्रबन्धक टीका दत्त प्याकुरेल तथा प्रदश प्रमुखहरू पुष्कर भट्टराई र जगतनाथ फुयाँलको उपस्थितिमा सम्पन्न कार्यक्रममा कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले बीमा बजारीकरण तथा क्षमता विकास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सहायक महाप्रबन्धक प्याकुरेलले आर्थिक स्वतन्त्रता र समृद्धिको लागि जीवन बीमा अभिकर्ता पेशा उत्कृष्ट पेशा भएको बताउनुभयो ।
कटारीमा जीवन बीमा कम्पनीहरूले अहिले सम्म यस्तो क्षेत्रीय स्तरको कार्यक्रम नगरेको र प्रभु लाइफले यति ठूलो कार्यक्रम आयोजना गरी त्यसको व्यवस्थापनको जिम्मेवारी कटारी शाखालाई दिएकोमा खुशी व्यक्त गर्दै यो एक ऐतिहासिक अवसर भएको र यसबाट आफू र आफ्नो शाखामा कार्यरत अभिकर्ताहरू लाभान्वित भएको कटारी शाखा÷ईलाका प्रबन्धक शुभराज राईले बताउनुभयो । आफ्नै नगरमा कम्पनीको तालिम विभाग प्रमुखबाट व्यवसायिक तालिम प्राप्त गर्ने अवसर मिलेकोमा आफुहरू उत्साहित भएको वरिष्ठ एजेन्सी म्यानेजर पदम कुमार राईले बताउनुभयो ।


जनता भ्वाइस 








