जन्ताभ्वाईस सम्वाददाता
१२ माघ , विहिबार , २०७९
काठमाडौं /जापानीज गेट सेन्टर संस्थाले नेपाल र जापानवीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने भएको छ । संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै आप्mना कार्यक्रमहरु बारे जानकारी दिएको हो ।
संस्थाले नेपाल र जापानवीच उद्योग , शैक्षिक , सामाजिक क्षेत्रमा सुचनाको आदान प्रदानमा सहकार्य गर्ने भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मूख्यगरी नेपालबाट जापान जाने र जापानबाट नेपाल आउने कुनैपनि व्यक्ति तथा संस्थालाई काम गर्नका लागि सहजीकरण गर्ने भूमिकामा संस्थाले काम गर्नेछ ।
संस्थाले भविष्यमा जापानीज प्रविधिको भरपुर उपयोग गरी जापानीज उत्पादन नेपालमा नै गर्ने गरी तयारी गरेको पनि संस्थाले जनाएको छ ।संस्थाले काठमाडौंको महाराजगञ्जबाट आप्mनो सेवा दिन सुरु गरेको छ ।
हेर्नुहोस प्रेस विज्ञप्ति –
प्रेस विज्ञप्ति नमस्कार,
सर्वप्रथम यस संस्था जापानीज गेट सेन्टर (Japanese Gate center) का तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु।आज हामी तपाईंसामु जापानीज गेट सेन्टर र यस संस्थाका भावी कार्यक्रमबारे प्रकाश पार्न चाहान्छौं । मूलतः यस संस्था, नेपाल र जापानबीच उद्योग, शैक्षिक, सामाजिक लगायतका क्षेत्रमा सूचनाको आदान प्रदानमा सहकार्य गर्नका निम्ति स्थापित संस्था हो।
संस्थाको मूल उद्देश्य नेपालबाट जापान जाने र जापानबाट नेपाल आउने कुनैपनि व्यक्ति तथा संस्थालाई काम गर्नकालागि सहजीकरणमा भूमिका खेल्ने हो । जस्तो कि म अर्जुन अधिकारी जापानमा १७ वर्ष देखि बसोबास गरि अहिले नेपाल फर्केको छु र मेरो संलग्नतामा जानेईची विजनेश (Janeichi Business) नामक कम्पनीबाट सेवा प्रवाह गर्दै छौ । उक्त कम्पनीले जापानको बहुराष्ट्रिय कम्पनीका श्रृंगारजन्य उत्पादनहरु (Cosmetic, Beauty and Pharmacy Product) का साथै जापानीज ग्रोसरी तथा पेय पदार्थको होलसेल आयात गरि यहाँ बिक्रिवितरण र फ्रेन्चाइजको काम गर्नेछ। यसका अलावा भविष्यमा जापानीज प्रविधिको भरपुर उपयोग गरी जापानीज उत्पादन नेपालमा नै गर्नेगरि तयारी भै रहेको छ ।
यसकोलागि जापानबाट सुगी होल्डिङका प्रतिनिधि Norikiyo ikeda san ले नेपालमा अनुसन्धान गरिरहनु भएको छ। दोस्रो विषय भनेको जापानीज ज्ञानको आदानप्रदानसँग सम्बन्धित रहेको छ । जसअन्तर्गत जापानीज गेट सेन्टरले जापानीज भाषाकालागि यमामातो यायोही (Yamamoto Yayoi) लाई प्रिन्सिपल तोकेर काम प्रारम्भ गर्नेछ। यसका साथै जापानीज खानाको परिकारकालागि पनि सन्देश पौडेलले नेतृत्वमा एउटा समुहले काम गरिरहेको छ ।
तेस्रो विषय भनेको सिकेको सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्नका लागि Hokkaido Ramen House , Dekkaido Farm House, Dekkaido Agro farm omakase, Momotarou, kotetchu, matsuri tokyo लगायत कम्पनीसँगको सहकार्यमा सीप विकासको काम गर्दै छौ । यसका साथमा विन ट्रेडिङ (Win Trading) नामक कम्पनी जसले जापानबाट नेपालमा खाध्य तथा पेप खाना लगायतका सामग्री आयात गर्दैछ। यस कम्पनीमा स्वयं japanese Hideki Takada संलग्न हुनुहुन्छ। खेम्स क्लिनिङ नामक कम्पनीले नेपालमा सरसफाई देखि आधारभूत आवश्यकताका कामको तालिम उपलब्ध गराई दक्ष जनशक्ति उत्पादन गर्नेछ।
सँगै स्वदेश तथा विदेशमा रहेका जनशक्तिको आदान प्रदानका लागि सहयोग गर्ने छ। गेट हस्पिटालिटी मार्फत शैक्षिक ज्ञान हासिल गराइ होटल व्यवस्थान तथा हस्पिटालिटी सम्बन्धी ज्ञान दिएर आत्मनिर्भर गर्न मद्दत पुर्याउनेछ। यी लगायतका उद्देश्यहरु पूरा गराउन हामी र हाम्रो समूह कटिवद्ध छौ । यहाँ पुनः जोड्न चाहेको विषय भनेको जापान गुणस्तरीय सामग्री उत्पादनको दृष्टिले विश्वमै अग्रणी राष्ट्रको रुपमा चिनिएको छ।
जापानसँग तथा जापानी संस्थासँग सहकार्य गर्न पाउँदा हामी गौरवशाली छौं र माथि उल्लेखित विषयमा पत्रकार साथीहरुलाई जिज्ञासा भएमा फोन तथा इमेल लगायतका माध्यमबाट थप जानकारी लिन सक्नुहुनेछ। ज्ञान, सीप र दक्षता तथा लगानी अभिवृद्धि गर्दै थप आयआर्जन र रोजगारीका अवसरहरु बढाउनका लागि हमीले राखेको उद्देश्य पुरा गर्न उल्लेखित क्षेत्रका व्यक्तित्वहरु हाम्रो सल्लाहकार समूहमा रहनु भएको छ । हामीसँग आवद्ध सल्लाहकार समूह, १.Ogawa Masashi – नेपालका लागि पूर्वराजदुत २.Chiba Satoshi – चुरुगा ग्रुप (hokkaido चेन hospitality ) ३.Tomita kensei -Kotetchu Restaurant नेपाल ४. Amira Dali – जापानको तर्फबाट नेपालकालागि समन्वयकर्ता ५.khem lakai – गेट कलेजका प्रशिक्षक


जनता भ्वाइस 










