images
images

जन्मदिनको अवसरमा वडाध्यक्षलाई श्रीमतिको जीवन विमा उपहार

जन्ताभ्वाईस सम्वाददाता
२९ पुष , शुक्रबार , २०७९
कटारी / पछिल्लो पटक जन्मदिन मनाउने चलन बढेको छ । जन्मदिनको अवसरमा विभिन्न उपहार दिने र आपसी शुभकामना आदान प्रदान गर्ने क्रम बढ्दै गएको छ ।
गच्छे अनुसार उपहार पनि फरक फरक दिने प्रचलन वढेको छ । यसैवीच कटारी नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष नविन तामाङ्गको आजको जन्मदिनको उपहार फरक रह्यो ।
जन्मदिनको अवसरमा वडाध्यक्ष तामाङ्गलाई श्रीमति रञ्जना पाण्डेले जीवन विमा गरिदिएर उपहार दिनुभएको छ । आईएमई लाईफ ईन्स्युरेन्सको सरल जीवन विमाको पोलिसी अन्र्तगत तामाङ्गलाई श्रीमति पाण्डेले १५ लाख वराबरको जीवन विमा गरिदिनुभएको हो ।
जन्मदिनमा फजुल खर्च भन्दा पनि जीवन रक्षाका लागि आवश्यक विमाको उपहार दिएको श्रीमति पाण्डेले बताउनुभयो । तामाङ्ग गएको स्थानीय निर्वाचनमा वडा नम्बर ८ मा स्वतन्त्र उमेद्वारी दिएर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
नगरका वडाध्यक्षहरुमा उमेरले कान्छो वडाध्यक्ष तामाङ्गले यसपटकको आप्mनो जन्मदिनको उपहारले आफु अत्यन्तै खुसी , सुरक्षित र आनन्दित भएको बताउनुभयो ।