जन्ताभ्वाईस सम्वाददाता
१९ ,पुष , मंगलबार , २०७९
कटारी/ ८ वर्षअघि कटारी , ४ स्थित तावाखोला किनारसँगै निर्माण गरिएको स्मृती वाटिका खण्डहर बन्दै गएको छ । त्यतिवेला कटारीका धेरै व्यक्तिहरुले विभिन्न व्यक्तिहरुको स्मृतीमा रोपेका विरुवा अहिले मासिईसकेको छ ।
वर्षेनी स्मृति वाटिकामा विभिन्न शिर्षकमा कटारी नगरपालिकाले बजेट छुट्याउँछ । तर बजेटले देखिने गरी अहिलेसम्म केहि काम भएको छैन् । वेराघेरा भत्किईसकेका छन् । संरचना जीर्ण हुँदै गएका छन् । यस स्मृती वाटिकाको नामको छुट्याईएको बजेट के काम हुन्छ र वर्षेनी पैसा कसले सक्छ ? कहाँ सकिन्छ ? अनभिज्ञ रहेको स्थानीय वताउँछन् ।
यस चालु आर्थिक वर्षमा पनि नगरपालिकाले स्मृती वाटिका /हरियाली पार्क निर्माण तथा व्यवस्थापनमा ८लाख बजेट छुट्याएको छ । विरुवा हुर्काउने उद्येश्यले त्यतिवेला रोपिएको स्मृती सहितका विरुवा अहिले भेटिन्दैन ।


जनता भ्वाइस 









