images
images

कभरमा जम्दै ,संगितमा संघर्ष गर्दै ,कटारीका दिपक

जन्ताभ्वाईस सम्बाददाता
१४ पुष , बिहीबार , २०७९
कटारी / नेपाली गीत संगितमा संघर्षरत नाम हो दिपक तामाङ्ग । कटारी , ४ का दिपक पछिल्लो पटक निरन्तर गीतसंगितको यात्रामा छन् । कटारीमा विद्यालयस्तरदेखि नै मिठो स्वरका साथ विभिन्न प्रतियोगिताहरुको विजेता वन्दै संगितमा होमिएका तामाङ्ग अहिले राजधानीमा संगितको यात्रामा दौडिरहेका छन् ।
विशेषगरी कभरगीतहरुमा पछिल्लो पटक दिपकको स्वरलाई स्रोता दर्शकहरुले रुचाएका छन् । तामाङ्गको स्वरमा कभर गरिएको तिमि भन्दा म पहिला मरौंला वोलको गीत धेरैले मन पराएका थिए ।
त्यसपछी कभरमा राम्रो परिचय बनाएका तामाङ्गले पछिल्लो पटक आउन वोलको गीत पनि ल्याएका छन् । युट्युव टिकटक भिडियोहरुमा पनि थुप्रैले तामाङ्गको स्वरलाई पछ्याईरहेका छन् । क्रमश कभर र आप्mनै गीतहरुमा जमिरहेका तामाङ्गलाई गीतसंगितमा सफलताको शुभकामना ।


प्रस्तुती / ऋषि