images
images

विद्यालयमै च्याउ खेति गरेर आम्दानी गर्दै विद्यार्थी

जन्ताभ्वाईस सम्वाददाता
विहिबार , ७ , पुष , २०७९
कटारी / कटारी नगरपालिका ४ स्थित श्री त्रिवेणी मावि कटारीका कृषी प्राविधिक धार तर्पmका कक्षा ११ का विद्यार्थीहरुले च्याउ खेतिबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिंदा यस क्षेत्रको च्याउ पारखीहरुलाई ताजा च्याउको स्वाद पनि मिलेको छ ।
कृषी प्राविधिक तर्पm कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीहरुले अभ्यास मार्पmत च्याउ खेति गरेका हुन् । ‘किताब पढ्ने मात्रै होईन यसलाई व्यवहारमा उतार्नका लागि खेति गरेका हौं ।’विद्यार्थी विवश लामिछाने भन्छन् –‘भविष्यमा यहि खेतिबाट आम्दानी गरेर जिविकोपार्जन पनि गर्न सकिन्छ नि ’२२ जना विद्यार्थीहरुले ८० हजारको लागतमा सुरु गरेको च्याउ खेतिबाट पहिलो पटकमै ४० हजार आम्दानी लिईसकेका छन् ।
२ वटा टनेलमा गरिएको खेतिबाट ४ पटकसम्म च्याउ उत्पादन निकाल्ने तयारी विद्यार्थीहरुको छ । पढाईसँगै सिप र आम्दानीबाट पढाईका लागि च्याउ खेति गर्दै आएको विद्यार्थीहरु बताउँछन् । ‘यसको आम्दानीले विद्यालयमा लाग्ने खर्चमा खर्च गर्छौं’विद्यार्थी शन्देस भण्डारीले भने–‘पढाईको सिप पनि सिक्छौं र पढ्न खर्च पनि बनाउँछौं ।’ भविष्यमा च्याउ खेतिबाट पनि आम्दानी लिन सकिने उद्येश्यले कक्षाबाट बचेको समयमा च्याउ खेति गरिरहेको उनीहरु विद्यार्थी कल्पना भण्डारीले बताईन् ।
कटारीमा च्याउको माग अनुसार उत्पादन नभएको पाईएपछी च्याउ खेति गरिएको विद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरुलाई सुरुमा लगानी विद्यालयले नै गर्ने गरेको छ । विद्यालयको लगानीबाट नाफा निस्किएको रकम विद्यार्थीहरुले नै बाँडेर पढाई लगायत अन्य खर्च गर्न सक्नेछन् ।
विद्यार्थींहरुलाई अध्ययनसँगसँगै अभ्यास पनि हुने भएकाले प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्की बताउँछन् । ‘पढेको सिपलाई व्यवसायिक रुप दिनलाई यो कार्य विद्यार्थीले नै संञ्चालन गर्ने गरेका छन् ।’दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीहरुले च्याउको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर खट्ने गरेका छन् ।
उनीहरुले उत्पादन गरेको च्याउ विद्यालयमै विक्री हुने गरेको छ । च्याउको माग वढ्दै गएको उनीहरु बताउँछन् । जाडो मौसममा राम्रो उत्पादन हुने कन्या च्याउ लगाईएको बताउँदै विद्यार्थीहरुले सामुहिक रुपमा समेत यसको आम्दानीलाई खर्च गर्ने बताएका छन् । यस विद्यालयका विद्यार्थीहरुले यसअघि गएको तिहारमा सयपत्री फुलखेति गरेर पनि राम्रो आम्दानी गरेका थिए । ्