images
images

उदयपुर प्रदेश सभा ख का एमालेका उमेद्वार जिवनाथ दाहालको आग्रह

जिवनाथ दाहाल
उदयपुर क्षेत्र नम्बर , २ को प्रदेशसभा (ख) सदस्य उमेद्वार
फोन ९८५२८२५४७४
आदरणीय मतदाताआमाबुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा साईनो अनुसारको नमस्कार
म तपाईहरुकै नाती , छोरा , भतिज , भाई , दाजु जिवनाथ दाहाल , मेरो स्थायी घर कटारी , ४ मरुवा हो । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा म नेकपा एमाले पार्टीको तर्पmबाट उदयपुर क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)मा उमेद्वार रहेको छु , अर्थात चुनावमा उठेको छु । मेरो चुनाव चिन्ह सूर्य हो ।
सर्वप्रथम ३० वर्षको युवा अवस्थामै नै प्रदेश राजनीतिमा उदाउने अवसर दिने गौरवशाली पार्टी एमालेको सवै नेतृत्वप्रति हार्दिक आभार प्रकट गर्दछु । म पहिलोपटक यस क्षेत्रको विकास , समृद्धि र ईमान्दार राजनीति गर्ने लक्ष्यका साथमा यहाँहरुको घरदैलौमा भोट माग्न आईपुगेको छ ।
म आफु प्रदेश सांसद भएर आप्mनो व्यक्तिगत लाभ लिन यो निर्वाचनमा जित्ने प्रयास गरिरहेको छुईन् यो क्षेत्रका पछी पारिएका , विकासबाट वञ्चित , बेरोजगारी समस्या समाधान , भेदभावको अन्त्य , सुन्दर समाज निर्माण , स्वच्छ खानेपानी , पर्यटन विकास , शिक्षाको गुणस्तरवृद्धि गर्नका लागि मैले प्रदेश सभा सदस्यको उमेद्वारी दिएको हुँ ।
म यहाँहरु समक्ष यो प्रण गर्दछु की , निर्वाचन जितेर सांसदमा र दलका नेताहरुको पछी लाग्ने छैन् हरसमय यस क्षेत्रका जनताको घरदैलोमा आएका समस्या समाधानका लागि सहकार्य गर्नेछु । यहाँको बनजंगल , हावापानी , पार्टी पौवा , चौताराहरुलाई चटक्कै विर्सने छुईन् बरु यहि क्षेत्रको विकासका लागि जहिले हातेमालो गर्नेछु ।
राजनीतिक रुपमा दलहरु पmरक होलान तर यस क्षेत्रको विकास र समृद्धिका लागि सवै दल तथा सवै व्यक्ति मेरोलागि समान रहनेछन् । संञ्चार सेवाको पहुँच , बाटोघाटोको विकास , सिंचाई , खेतियोग्य जमिन बचाउन तटबाँध , ऐलानी जग्गाहरुलाई लालपुर्जा दिनका लागि साथै सभ्य समाज निर्माण गर्न मैले सकेको काम गर्ने बाचा गर्छु । म सवै विषयको जानकार अवश्य पनि होईन तर अध्ययन गर्दै जानेछु यहाँहरुको सल्लाहा सुझावलाई शीरमा राखेर यहाँहरुकै सेवक बन्नेछु ।
यस क्षेत्रको विकास र समृद्धिका लागि सवै सरोकारवालाहरुसँग सँधै सहकार्य गर्नेछु । सवै जना मेरा लागि आदरणीय हुनुहुन्छ , यहाँहरुको आशिर्वाद , माया , सदभावलाई शीरमा राखेर यस क्षेत्रको मठ , मन्दिर , चैत्य , गुम्बा , साकेला थान , चर्च , पार्टी पौवालाई साक्षी राखी जहिले यस क्षेत्रको विकासमा निरन्तर काम गर्नेछु ।
पक्कैपनि यहाँहरुले यस पटक मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा मलाई सूर्यमा मतदान गरेर विजय गराउनुहुनेछ । सबै ठाउँमा यहाँलाई भेट्न सकिन होला सम्पर्क गर्न सकिन होला ,मलाई सिधै ९८५२८३५४७४ मा सम्पर्क गरेर पनि सल्लाहा सुझाव दिनुहोला , अन्त्यमा बेरोजगारी समस्याले वैदेशिक रोजगारीमा रहनुभएका समस्त यस क्षेत्रका बुवा , आमा , दाजुभाई , तथा दिदीबहिनीहरु यहाँहरुले पनि आप्mना आफन्तजन समक्ष मेरो प्रतिवद्धताहरु पुराई मलाई मत मागिदिनुहुनेछ भन्दै मेरो दुई शब्द यहि टुंग्याँउँछु ह्वस्त नमस्ते ।

उही तपाईहरुको शुभेच्छुक
उदयुर २ को( ख )प्रदेश सभा सदस्य उमेद्वार
जीवनाथ दाहाल

(प्रायोजित)