images
images

कटारीमा आगलागीमा परी ३ घर जलेर नष्ट

जन्ताभ्वाईस सम्बाददाता
१३ कार्तिक , आईतबार
कटारी / कटारी , ८ स्थित ढुङ्गेमा आज दिउँसो आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुृर मगर , सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
पूर्णबहादुर मगरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घर समेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङ्गले बताउनुभयो । आगलागीबाट झण्डै ४६ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
आगालागीमा परि पूर्णबहादुर मगरको अन्नपात , सुनचाँदी , पशु चौपाया गरी २५ लाख , सन्तबहादुर मगरको घर , काठपात लगायत गरी १५ लाख र यज्ञबहादुर मगरको घरसहित ६ लाख बराबरको क्षति भएको हो ।
दिउँसो एक्कासी सुरु भएको आगलागी साँझ नियन्त्रणमा आएको वडाध्यक्ष तामाङ्गले बताउनुभयो । स्थानीय र प्रहरी चौकी वेतेनीको सुरक्षाकर्मीहरुले आगो नियन्त्रणमा लिएका हुन् ।