images
images

दसैंसँगै विजुली पुगेपछी गाउँमा खुसियाली छायो

रासस
१५, असोज , शनिबार
कटारी / उदयपुरको कटारी नगरपालिका स्थित पहाडी वडा नम्बर १३ मा पहिलो पटक विजुली पुगेको छ । वडाको पहलमा गाउँमा पहिलो पटक विजुली पुराईएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताउनुभयो ।
६ सय ९९ घर रहेको उक्त गाउँमा अहिले १ सय ७ घरमा विजुली पुराईएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘वडाको पहलमा पहिलोपटक विजुली पुराएको हौं ।’अध्यक्ष श्रेष्ठले भन्नुभयो –‘दसैंसँगै गाउँमा विजुली बलेको छ ।’
वडाको पहलमा गोकुले , भादगाउँ र पिपलडाँडामा बत्ती वालिएको हो । वाँकी घरपरिवारका लागि पनि नियमित काम भईरहेको वडाध्यक्ष श्रेष्ठले बताए । पहिलो पटक वडामा कटारीहुँदै नेपाल विद्युत प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो ।
दसैंसँगै गाउँमा विजुली बलेपछी दसैंमा थप उमंग छाएको स्थानीयले बताए । महत्वपूर्ण चाडमा गाउँ झिलीमिलीभएपछी गाउँवासीमा खुसीयाली छाएको छ ।