जन्ताभ्वाईस सम्बाददाता
बिहिबार,६ असोज , २०७९
दुधौली / सिन्धुलीको दुधौलीमा एक्कासी परेको चट्याङ्ग लाग्दा एकजनाको ज्यान गएको छ । प्रहरी चौकी दुधौलीका अनुसार दुधौली , ९ मा निर्माणाधिन रंगशाला निर्माण क्षेत्रमा काम गर्ने सुपरभाईजर अन्दाजि २१ वर्षिय अनिल भुजेलको मृत्यु भएको हो ।
सर्लाही हरिवनका भुजेललाई चट्याङ्ग लागेपछी एक्कासी वेहोस भएको र स्थानीय सुमित माउण्ट हस्पिटल दुधौली ल्याउँदा अस्पत्तालले मृत घोषणा गरेको दुधौली प्रहरी चौकीले जनाएको छ । घटना साँझ ५ बजेर १७ मिनेटमा घटेको हो ।


जनता भ्वाइस 







