images
images

ताप्लीमा केन्द्रिय प्रशारणको विजुली पुग्यो

जन्ताभ्वाईस सम्बाददाता
वुधबार , २९ , भदौ , २०७९
कटारी / उदयपुर जिल्लाको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्लीगाउँपालिकामा पहिलो पटक विजुलीपुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रियप्रशारणको विद्युत जोडिएको हो ।
गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले गाउँपालिकामा विद्युत पुराउन सफल भएको बताउनुभयो ।“गाउँपालिकाको कुमलटार , मादले , ठानागाउँका केहि घरमा विजुली वाल्यौं ।”विश्वकर्माले भन्नुभयो –“अहिले गाउँपालिकाका २ सय परिवारलाई निशुल्क मिटरवक्स वितरण गरेका छौं ।”
अध्यक्ष विश्वकर्माका अनुसार गाउँपालिकाका ५ वटै वडामा विजुली पुराउनेगरी कामभईरहेको छ । गाउँपालिकाले उज्यालो अभियान अन्र्तगत गाउँपालिकाका सवैलाई निशुल्क विद्युत मिटर वितरण गर्ने तयारी गरेको छ ।
नेपाल विद्युतप्राधिकरणको कटारी शाखाले कटारी नगरपालिकाको वडा नम्बर ९ स्थित लिम्पाटारबाट ताप्लीमा विजुलीको केन्द्रिय प्रशारण लाईन जोडेको हो । गाउँपालिकाले केन्द्र सरकारसँगको सहकार्यमा गाउँपालिकामा विजुली पुराएको हो । “राष्ट्रिय बजेटबाट नै यहाँविजुली वाल्न सुरु गरेका छौं ।”गाउँपालिकाका अध्यक्षविश्वकर्माले भन्नुभयो –“केन्द्रिय बजेटबाट नै गाउँपालिकाभरी विजुली वल्ने रहेछ ।”निर्वाचित भएपछी केन्द्र सरकारका प्रतिनिधिहरुसँग भेटघाट गरेर पहल थालेपछी काम छिटो भएको उहाँले बताउनुभयो ।
गाउँमा विजुली पुगेपछी स्थानीय हर्षित भएका छन् । यसअघि स्थानीय यारीखोलाबाट लघुजलविद्युत आयोजनाबाट गाउँपालिकाको केन्द्र आसपास विजुली बालेपनि त्यो दिगो थिएन् ।