जन्ताभ्वाईस सम्बाददाता
विहिबार , १९ साउन , २०७९
कटारी /कटारीमा युवाहरुको कृयाशिल संस्था साथी समूहले यो वर्षको आय व्यय सार्वजनिक गर्दै अनुमोदन गरेको छ । गएको शनिबार समूहको साधारण सभामा अनुमोदित आय व्यय अनुसार समूहले ६ लाख ५७ हजार ४ सय ७९ को कारोबार गरेको छ ।
जसमा आय तर्पm कटारी नगरपालिकाबाट ५ लाख ४७ हजार ६ सय ९८ , विभिन्न व्यक्तिहरुबाट सहयोग १ लाख १ हजार ८ सय , आजिवन सदस्यताबाट ३ हजार , र नयाँ सदस्यबाट ४ हजार ९ सय ८१ आम्दानी समूहले गरेको छ ।त्यसैगरी सिडिभिजन लिग काठमाडौं जाँदा ४ लाख ९२ हजार १ सय , वीडिभिजन लिख गाईघाट १ लाख २ हजार ८ सय ८० , कार्यालय खर्च १७ हजार ६ सय ८० , कर दाखिला १० हजार २४ , खेलाडी भत्ता वितरण १२ हजार खर्च गरेको र २२ हजार ७ सय ९५ मौज्दात रहेको समूहले अनुमोदन गरेको छ ।
समूहका अध्यक्ष नारायण राईको अध्यक्षता तथा कटारीका मेयर राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपमेयर गिता खड्काको विशेष आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको थियो । सभामा समूहले चालु आर्थिक वर्ष २०७९।८० का लागि ३६ लाख बराबरको अनुमानित आय व्ययका कार्यक्रमहरु प्रस्ताव गरेको छ ।समूहले तारा ब्लोन तामाङ्ग र छत्रबहादुर तामाङ्गलाई सदस्यमा चयन गर्दै पदाधिकारी संख्या ११ पुराएको समेत निर्णय गरेको छ ।


जनता भ्वाइस 







