images
images

च्याँगा रिङ्गरोड अन्र्तगत यस वर्षको कालोपत्रेको काम सकियो

जन्ताभ्वाईस सम्बाददाता
१७ , असार , शुक्रबार , २०७९

कटारी / कालोपत्रे शहरी सडक निर्माण अन्र्तगतको च्याँगा रिङ्गरोड आयोजना अन्र्तगत कटारी , ३ च्याँगामा यस वर्ष ५ सय ८५ मिटर लम्बाईको कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ ।
आर्यन कन्ट्रक्सन मल्टिप्रपोज कटारी , ३ उदयपुरले कालोपत्रे सडक निर्माण गरेको हो । मल्टिप्रपोजका प्रोपाईटर सहदेव खड्का (रविन्द्र)का अनुसार ६३ लाख २४ हजार ९ सय १९ रुपैंया १७पैसाको लागतमा सडक निर्माण सम्पन्न भएको हो ।
कटारी नगरपालिकासँग गएको जेठ ५ मा आगामी असार ३० सम्ममा काम सक्ने गरी मल्टिप्रपोजले योजना सम्झौता गरेको थियो । प्रतिकुल मौसमका वीच छोटो समयको सम्झौता बमोजिमको काम सम्पन्न गरिएको प्रोपाईटर खड्काले बताउनुभयो ।
यस वर्षको काम गुणस्तरीय रुपमा सम्पन्न भएको स्थानीय निशान राईले बताउनुभयो । सडक निर्माणसँगै च्याँगाका स्थानीय हर्षित भएका छन् । गत वर्ष गाउँमा गरिएको कालोपत्रे अहिले च्याँगा भाईरल रोडले परिचितहुँदै गएको छ । सोही भाईरल रोडलाई जोड्दै गाउँमा कालोपत्रेको यस वर्षको काम सकिएको हो ।