images
images

यस्तो छ पार्टीले कहिले प्रमुखको उमेद्वार नबनाएको भिमकुमारी राउतको राजनीतिक आरोह अवरोह

फायल फोटो
– ऋषि राई
२२ वैशाख , विहिबार २०७९
कटारी / २०१६ सालमा तत्कालिन शिरिषे हालको कटारी–८मा जन्मिनुभएका कटारी नगरपालिकाका निवर्तमान उपप्रमुख भिमकुमारी राउतको राजनीतिक यात्रामा धेरै उकालो ओरालो आए । सबै अप्ठ्याराहरुलाई संघर्ष गर्दै सफल रुपमा उपप्रमुखको जिम्मेवारी सम्हालिसकेर समृद्ध नगर र नगरवासीको समस्या समाधानका लागि राउतको यात्रा अहिले पनि तल्लिन छ । उपमेयर रहँदा न्यायिक समितिको संयोजकको रुपमा रहेर धेरै न्याय नपाएकाहरुलाई न्याय दिलाउनु भयो ।
२०३४ सालमा तत्कालिन हर्देनीका लिलाबहादुर राउतसँग वैवाहिक बन्धनमा बाँधिएपछि राउतकै परिवारमा उहाँले कटारीबाटै राजनीति बुभ्mन थाल्नुभयो । जेठाजु तेजबहादुर राउत त्यतिवेला भूमिगत रुपमा राजनीतिमा सकृय हुनुहुन्थ्यो । परिवारमा राजनीतिक वातावरण भएकाले उहाँले राजनीतिलाई नजिकबाट बुभ्mने अवसर पाउनुभयो ।
२०४६ सालदेखि कमिटीमै आवद्ध भएर उहाँले राजनीतिलाई अभैm सकृय बनाउँदै लैजानुभयो । बहुदल घोषणा हुँदा पार्टीको निर्देशन बमोजिमकाम गर्न निकै गाह्रो थियो –‘पार्टीको चलखेल र सम्पर्क गर्न सजिलो होस भन्ने उद्येश्यले कटारीमा गाउँले होटल संञ्चालनमा थियो ।’उहाँले सम्झिनुभयो–‘त्यहि होटलमा पार्टीको सरसल्लाहा हुन्थ्यो , आउजाउ हुन्थ्यो ।’
किसान संघमा आवद्धहुँदै पहिलो पटक १० नम्बर ईलाका कमिटीको सचिवबाट उहाँले राजनीतिलाई सकृय रुपमा अघि बढाउनुभयो । ५ औं महाधिवेसनमा उदयपुरबाट तत्कालिन नेकपा एमालेको महाधिवेसन प्रतिनिधि हुनुभयो । त्यसपछि क्रमशः २०५१ सालदेखि १६ वर्ष जिल्ला कमिटी सदस्य , राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ,सगरमाथा अंञ्चल समन्वय समिति सदस्य , अखिल नेपाल महिला (अनेम)संघको केन्द्रिय सदस्य हुँदै नेकपा एमालेको प्रदेश नम्बर १ को सचिवालय समिति सदस्य समेत हुनुभयो ।
श्रीमान लिलाबहादुर राउत पनि वामपन्थि विचारका हुनुभएकोले उहाँलाई परिवारमा राजनीतिमा लाग्न सहज भयो । भूमिगत समयमा नेता कार्यकर्तालाई जनसम्पर्क गराउने , पत्रपत्रिका पुस्तकहरु पुराउने काम श्रीमानले नै गर्नुहुन्थ्यो । त्यसपछि किसान संघ , ईलाका कमिटीमा पनि श्रीमानसँगै उहाँले राजनीतिक यात्रा गर्नुभयो ।
विगतका राजनीतिक यात्राका अप्ठ्यारा सम्झिंदै उहाँ भन्नुहुन्छ –‘सबैभन्दा त ठूला भनौदा मानिसहरुले कुरा काट्थे ।’बहुदलपछी जमिनदारहरुले बटियादारहरुको बिऊ समेत खोस्न थाले । चुनौती आयो –‘जग्गा जमिन खोज्न भिमकुमारीकोमा जा भन्दा रहेछन् ।’विस्तारै समस्याहरु सहज हुँदै गयो । सोझो हिसाबले काम गर्दै जाँदा राजनीति असहज पनि रहेछ । उहाँ भन्नुहुन्छ –‘जिल्ला कमिटीको बैठकमा जान ब्याजमा ऋण काढेर हिन्थें ,कतिवटा माडवरी बजारका पसलमै गुमे ।’
राजनीतिको यात्रासँगै २ छोरा १ छोरीको जिम्मेवारीका वीचमा २०५४ सालमा स्थानिय निर्वाचनमा तत्कालिन कटारी गाविसको अध्यक्ष लड्ने गरी राउत तयार हुनुभयो । तर अवसर पाउनुभएन । उमेदवारीका लागि गाईघाटमा पटक–पटकको वैठकमा दाबिगर्दा गर्दै पनि थिरप्रसाद पोखरेलले उमेदवारी पाउनुभयो ।‘बैठक बाहिर आएर धेरै रोएँ ,जिन्दगीमा सबैभन्दा बढी मन दुखेको त्यतिबेलै हो ।’गाईघाटबाट घर फर्किएपछी फेरी घरमा रुवावासी भयो । राजनीतिमा त्यति योगदान दिंदा पनि किन उमेदवारी पाईन होला ,प्रश्न मनमै रह्यो ।
त्यसपछि पार्टीकै सहमतिमा वडा सदस्यहुँदै जिल्ला विकास समितिको सदस्यमा रहेर जिम्मेवारी सम्हाल्नुभयो । देशमा द्वन्द सुरुभयो .फेरी राजनीतिक अवस्था अस्थिर रह्यो । यसबीचमा उहाँले जनसम्पर्क कायम रहोस भन्ने उद्येश्यले सहकारी संञ्चालन गर्नुभयो । यो यात्रामा राजनीतिमा सबै किसिमले सकृय रुपमा लाग्नुभएको उहाँले फेरी स्थानीय निर्वाचनमा नगर प्रमुख मेयरमा चुनाव लड्ने तयारी गर्नुभयो ।
धेरै प्रयास गरेपनि मेयरको उमेदवारी नपाउने भएपछि पार्टीले उपमेयरको उमेदवारी दिने भयो त्यसैमा उहाँ निर्वाचित हुनुभयो । ‘२०५४ सालमै तर्सिएको थिएँ उपमेयरमा भएपनि लड्नु पर्छ भन्ने सोच बनाएँ ।’उहाँले भन्नुभयो –‘म जनताको काम ठुलो भन्छु तर राजनीतिमा उठबस चलखेल र चाप्लुसी ठूलो कुरा रहेछ ।’
जिल्ला विकास समिति र अन्य समितिहरुमा रहेर धेरै गरेका काममध्ये कटारीमा उदयश्री बहुमुखि क्याम्पस स्थापनमा दिएको आप्mनो योगदान र कामलाई उहाँ ठूलो सफलता मान्नुहुन्छ । ‘काम गरे पुग्छ भन्ने मान्यताले मात्रै राजनीतिमा प्रमुख जिम्मेवारी पाउन नसकिने रहेछ । ’
कटारीको उपमेयरहुँदा अहोरात्र कार्यालय र नगरभरीका जनताको समयमा राउतको दिनचर्या वित्यो । लकडाउनमा समस्यामा परेकाहरुलाई सहयोग गर्न अग्रपंक्तिमा खटिनुभयो । जनप्रतिनिधिका लागि भनेर आफुलाई सुविधाका लागि चढ्ने सवारीसाधनको बजेटबाट जनताका लागि सेवा दिन एम्बुलेन्स खरिद गर्र्नुभयो । जसले नगरभरीका महिलाहरुलाई प्रसुती सेवा दिनका लागि नगरभरी निशुल्क सेवा दिन थाल्यो ।नगरको कृषि र कृषि उत्पादनको विकासमा जहिले लाग्नुभयो । उपमेयरको तर्पmबाट विभिन्न तहका छात्रा तथा महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभयो । कटारीका अधिकांस विकास निर्माणका प्रकृयाहरुलाई दिर्घकालिन बनाउन योजनाहरुको अनुगमन गर्नुभयो । समग्रमा उहाँको कार्यकाल जनताको सेवामा वित्यो ।
यस क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने संस्था नभएकाले सबैलाई उच्च शिक्षाको पहुँचमा पुराउने चाहना बमोजिम क्याम्पस स्थापनामा लागि आफुले पहल गरेको उहाँ बताउनुहुन्छ । ‘क्याम्पस स्थापनका लागि १० लाख डिपोजिट गर्नका लागि पनि धेरै प्रयास गर्नुप¥यो ।’उहाँले भन्नुभयो–‘सबैभन्दा ठुलो कुरा शिक्षा भएकाले यो क्याम्पस स्थापनामा गरेको प्रयास र सफलता विर्सन सक्दिन ।’
अप्ठ्यारा असहजता र सहकार्य नभएपनि आप्mनो जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्दै समृद्ध नगर बनाउनका लागि कृयाशिल राउतले नगरका सबै जनताका समस्या पुरा हुन्छ भन्ने आशाले जनताले दिएको भोटको सम्मान गर्दै काम गर्दै जाने उहाँको भनाई छ । नगरपालिकालाई एउटा समृद्ध नगर बनाउन शैक्षिक ,आर्थिक , साँस्कृतिक सबै पक्षको विकासका लागि आफु अहोरात्र खटिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तर जनताको काममा लागि पर्ने उहाँको भनाई छ ।
यतिहुँदा हुँदै पनि उहाँले आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि एमाले पार्टीबाट कटारीको प्रमुख मेयरमा उमेदवार टिकट पाउनुभएन । एमालेले निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठलाई नै मेयरको उमेद्वार बनायो । महिला भएकै कारण पार्टीबाट उपेक्षित हुनुपरेको उहाँको भनाई छ ।२०५४ सालदेखि प्रमुखको उमेद्वार नपाएर तर्सिनुभएका उहाँ यसपटक भने स्वतन्त्रबाटै भएपनि धारा चिन्ह लिएर चुनावि मैदानमा होमिनुभएको छ ।
पार्टीमा लामो समय ऐतिहासिक रुपमा पुराना नेताको परिचय बनाईसक्नुभएका राउतलाई पार्टीले कहिलेपनि प्रमुख पदमा उमेद्वार बनाउनु चाहेन ।२०७४ को निर्वाचनमा आगामी निर्वाचनमा मेयरको उमेद्वार बनाउने आशा देखाएर यसपालि पनि एमालेले उमेद्वार नबनाएपछी उहाँ स्वतन्त्र उमेद्वारी दिएर चुनावि मैदानमा उभिएनुभएको छ । उहाँको यो अविचलित राजनीतिक यात्रामा यो एउटा कठिन , ऐतिहासिक र चुनौतीपूर्ण समय पनि हो तर धेरै यात्राका कठिक समस्या पार गर्नुभएको उहाँको यो यात्राको टर्निङ्ग प्वाईन्टले सफलताको बाटो पछ्याउन जनताको पैmसलाका लागि धारामा मतदान आवश्यक छ । उमेद्वारहरुको ईमानदारिता , कर्तव्यता , नगरवासीहरुलाई दिने प्रतिवद्धता पुरा भए भएनन् र गर्छन गर्दैनन् त्यो मूल्याकंन गर्न सोचेर मत दिने समय र अवसर मतदातासँगै छ ।
धेरै पहल प्रयास गर्दा पनि उमेद्वार नपाउने र पार्टीले नदिएपछी उहाँले यसपटक जनताको अदालतमा पैmसला माग्न स्वतन्त्र भएर घरदैलोमा पुगिरहनुभएको छ । सरल सुलभ सेवा सुविधा सारालाई , भोट हालौं खानेपानी धारालाई भन्ने मूल नाराका साथ राउत फेरी जनताको घरदैलोमा पुगिरहनुभएको छ।