जन्ताभ्वाईस सम्बाददाता
३० , चैत्र , बुधबार , २०७८
कटारी/कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ जनप्रतिनिधि आएपछी कटारीमा कृषि क्षेत्रमा उल्लेखनिय काम भएको बताउनुभएको छ । आज कृषक परिचय पत्र वितरणको अभियानलाई उदघाटन गर्दै मेयर श्रेष्ठले नगरमा आप्mनो कार्यकालमा भएका कृषि क्षेत्रका कामहरु सार्वजनिक गर्नुभयो ।
मेयर श्रेष्ठका अनुसार कटारीमा वडा नम्बर ८ , ११ र १२ मा तरकारी , १३ र १४ मा सुन्तला जात फलफुल , ७ मा बंगुर , १४ मा वाख्रा , ३ मा भैसी , १० , ११ र १२ मा अकबरे खुर्सानी पकेट क्षेत्र संञ्चालनमा ल्याईएको छ । जसमा खुर्सानीले मासिक ५ लाख सम्म आम्दानी गर्न कृषकहरु सफल भएका छन् ।
त्यसैगरी यान्त्रिकीकरण तर्पm ८० थान मिनि ट्रिलर अनुदानमा वितरण , ३० थान च्याप कटर , १४ नम्बर वडामा खाडल खन्ने मेसिन वितरण गरिएको छ । कृर्षि बजारको संरचना निर्माण भई संञ्चालनको तयारीमा रहेको , ४० मेट्रिकटनको कोल्ड स्टोर स्थापना , गाउँगाउँमा बोयर जातको बोका वितरण गरी आधुनिकिकरण तर्पm लगिएको पनि मेयर श्रेष्ठले बताउनुभयो ।
त्यस्तै ५ वर्षमा २५ सय थान टनेल , ८ सय थान ग्रिन नेट , वितरण गरिएको छ । ५ वर्षमा ६० भन्दा बढी वाख्रा फर्मलाई गोठसुधारमा अनुदान दिएको बताउनुभयो । त्यसैगरी मूख्य उपलब्धिमा कृषि उत्पादन नियन्त्रण प्रणाली सप्mटवेयरको विकास गरी विवरणहरु राखिएको , आप्mनै कटारी कृषि मोबाईल एप निर्माण गरेको मेयर श्रेष्ठले बताउनुभयो । यो एपबाट कृषकहरुले घरबाटै नगरको कृषि सम्बन्धि जानकारी लिन सक्नेछन् ।


जनता भ्वाइस 







