— ऋषि राई
२८ चैत्र , सोमबार , २०७८
कटारी / कटारी नगरपालिकाको वडा नम्बर ८ रानीडाँडा आसपासका स्थानीयलाई मकै ,कोदो लगायतका अन्न पिनेर खानुपरे अझै पनि पानीघट्टाकै भर छ । प्रविधिको विकास , विद्युतिय मिलहरुको पहुँच गाउँमा नपुगेपछी अहिले पनि त्यहाँका ५० घरपरिवार वढी पानीघट्टाकै भरमा अन्नपात पिनेर काम चलाईरहेका छन् ।
२०६० सालमा समस्या भएपछी स्थानीय पहलसिंह मगरले रानीडाँडामा पानीघट्टा संञ्चालनमा ल्याउनुभएको थियो । ‘पहिला पन्ध्रसोह्र घरका लागि मात्रै थियो ’मगरले भन्नुभयो ‘अहिले त बबलातिरबाट समेत आउँदा ५० घरबढीलाई यहि घट्टाको भर छ ।’
सुरुमा व्यक्तिगत रुपमा संञ्चालनमा ल्याएको भएपनि पछी नेवासंस्थाहुँदै सामुहिक बनेको मगरले बताउनुभयो । ‘आपैmले पिसिदिंदा १० रुपिंया पाथी लिने गरेको छु ’उहाँले भन्नुभयो ‘मेल उता साझे भनेर भाण्टाबारीमा राखेको छ रे त्यहाँ पुग्ने कुरा भएन् ।’
गाउँमा विजुली पनि नपुगेको र मिल संञ्चालन गर्न नसकेको स्थानीयको भनाईमा छ ।वडामा अभैm पनि पानीघट्टा संञ्चालनमा रहेको थाहा पाएपछी पानीघट्टाका लागि छानो लगाउन जस्ता सहयोग गरेको वडाध्यक्ष कमल श्रेष्ठले बताउनुभयो ।
वडाले जस्ता सहयोगगरेपनि धुरी जस्ता र गाडी भाडा आपैmले व्यहोरेको घट्टा संञ्चालक मगरले बताउनुभयो । स्थानीयले आपैm पनि घट्टा चलाएर कुटान पिसान गर्ने गरेका छन् । मगरले घट्टाको मर्मत गरिदिने र जोडिदिनेगरेपछी आपैmले संञ्चालन गरेर कुटान पिसान गर्नेहरुले पनि पिठो छोडेर जाने गरेको पनि मगरले बताउनुभयो ।


जनता भ्वाइस 








