images
images

कटारीमा श्रीमानद्वारा श्रीमतिको हत्या

जन्ताभ्वाईस सम्बाददाता
२८ चैत्र , सोमबार , २०७८

कटारी / कटारी नगरपालिककाको वडा नम्बर ५ खाडीखोपमा आज विहान श्रीमानले दाउराको चिरपटले हानेर श्रीमतिको हत्या गरेका छन् । आज बिहान अन्दाजी ४ बजेको समयमा कटारी ५ खाडीखोपमा पोस्टराज दाहालले श्रीमतीमाथि चिरपटले आक्रमण गरेका हुन् ।
बिहान शौचालय गएको बेला एक्कासि दाहालले ३७ वर्षीया श्रीमती नानीमाया दाहाललाई चिरपटले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय कटारीका डिसपी मान बहादुर राईले जानकारी दिनुभयो ।चिरपट प्रहार गर्ने दाहाललाई पक्राउ गरि ज्यान मुद्दा अघि बढाई अनुसन्धान शुरू गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।घटनाका विषयमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।