-ऋषि राई
२६ , चैत्र , शनिबार , २०७८
कटारी/कटारी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि नेकपा एमालेबाट युवा नेता मोहन तामाङ्गले उमेद्वारी दिने भएका छन् । शुक्रबार वसेको एमालेको वडा कमिटीले आगामी स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षको उमेद्वारमा तामाङ्गलाई सर्वसहमत निर्णय गरेको हो ।
एमालेको नगर कमिटीका उपाध्यक्ष समेत रहेका तामाङ्गलाई वडा समितिको वैठकले वडाध्यक्षको उमेद्वार वनाउने निर्णय गरेको हो । २९ वर्षिय युवा तामाङ्गलाई विजयी गराए वडामा युवाको नेतृत्वमा विकास र समृद्धि सम्भव हुने भन्दै समितिले उमेद्वार तय गरेको हो ।
वडाध्यक्षका ९ आंकाक्षी मध्ये युवा तामाङ्गलाई समितिले सर्वसहमत निर्णय गरेको हो ।‘९ जना आंकाक्षीमा मलाई निर्णय गर्नुभयो ’तामाङ्गले भन्नुभयो –‘वडासदस्यको उमेद्वारहरु समेत तय भईसकेका छन् ।’एमालेले ५ मा वडासदस्यहरुको उमेद्वार समेत टुंग्याएको छ ।


जनता भ्वाइस 








