जन्ताभ्वाईस सम्बाददाता
७ फागुन , शनिबार
कटारी / कटारीमा आज अन्र्तराष्ट्रिय सालक दिवश मनाईएको छ । कटारीमा लोपोन्मुख सालकको संरक्षणमा जोड दिंदै प्राकृतिक स्रोत व्यवस्थापन कलेजक कटारीका विद्यार्थीहरुले दिवश मनाएका हुन् । बन्यजन्तु संरक्षण समाज कटारी उदयपुरमा आवद्ध विद्यार्थीहरुले शनिबार अन्र्तराष्ट्रिय सालक दिवश १९ फेब्रुअरीको अवसर पारेर कटारीमा जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरेका थिए ।
विश्वमा ८ प्रजातिको सालकहरु पाईने र त्यसमा नेपालमा दुई प्रकार तामे र कालो जातको सालक पाईन्छ । बन्यजन्तु संरक्षण समाज कटारीका संयोजक विशाल भण्डारीका अनुसार जनचेतनामूलक र्याली सहित , पर्चा पम्ल्पेट टाँस्ने तथा जनचेतनामूलक भिडियो प्रदशर्नी गरिएको हो । समाजले यसको अध्ययन अनुसन्धान गरिरहेको भण्डारीले बताउनुभयो ।
डिभिजन वन कार्यालय त्रिवेणी कटारी उदयपुरको सहयोगमा समाजले सालकसम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हो । सालक नेपालको संरक्षित जनावर हो । वासस्थान विनाश र अवैध चोरी शिकारीका कारण नेपालमा सालक लोप हुँदै गएको छ । उदयपुरमा पनि सालक पाईने गरेको र हाल लोपहुँदै गएको सितापोखरी सामुदायिक बन उपभोक्ता समूह कटारी २ का अध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो ।
सालकको चोरी शिकार , व्यापार वा हानी गरे ५ देखि १० लाख जरिवाना ५ देखि १५ वर्षसम्म कैदको व्यवस्था रहेको छ । नेपालमा यी सालकहरु चुरे पहाडको छेउछाउ तथा महाभारश्रृखंलाका भित्री खोंचहरुमा समेत सालक पाईने गरेको छ । सालक किसानको साथी भएपनि हालसम्म यसको संरक्षणका लागि कार्यालयले समेत केहि गर्न सकेको छैन् । बजेट अभावमा यसको संरक्षण गर्न नसकिएको डिभिजन बन कार्यालय त्रिवेणीले जनाएको छ ।
सूचिकृत भए अनुसार धादिङ्ग , काभ्रेपलाञ्चोक , गोर्खा , रामेछाप , संखुवासभा र सिन्धुलीमा सालक पाईन्छ । उदयपुरको चुरेक्षेत्रका बनहरुमा समेत सालक पाईने गरेको अध्ययनले देखाएको विद्यार्थीहरु बताउँछन् । समाजले गरेको अध्ययन अनुसन्धानबाट जिल्लामा सालक पाईने गरेको विद्यार्थीहरुले बताए । संरक्षणमा विद्यार्थीहरु जुटेपनि सम्बन्धित सरोकारवाला निकाय वन समूहहरु तथा बन कार्यालयले समेत ध्यान नजाँदा संरक्षणमा चुनौती देखिएको छ ।


जनता भ्वाइस 








