images
images

खोक्सा , सिमानपुर , ताराघारी र गिद्धाबर खहरेमा पुल निर्माण हुने

वर्षाको समयमा वाढी आएपछी ताराघारी खहरेमा रोकिएका सवारीसाधनहरु ।तस्बिर /जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्बाददाता
१६ माघ , आईतबार , २०७८

कटारी/सिद्धिचरण राजमार्ग कटारी–मिर्चैया सडकखण्ड अन्र्तगतका खोक्सा , सिमानपुर , ताराघारी र गिद्धाबर खहरेमा पुल निर्माण हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत सडक विभागको पुल निर्माण शाखाले आज उक्त खहरेहरुमा पुल निर्माणका लागि ठेक्का आव्हान गरेको हो ।
यस अघि कटारी नगरपालिकाले गएको माघ ३ गते पुल महाशाखा बबरमहल काठमाडौंलाई पुलको योजनामा माग गरेको थियो ।उक्त खहरे खोलाहरुमा वर्षामा सवारी साधनहरु आउजाउ गर्न समस्या भएकाले पुल निर्माणको माग गरिएको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।श्रेष्ठका अनुसार पुल निर्माणमा कुनै विवाद आएमा त्यसको समाधान नगरपालिकाले गर्ने प्रतिवद्धताका साथ पुल निर्माणका लागि योजनाको माग पेश गरिएको थियो ।
आज सडक विभागले अन्नपूर्ण पोष्ट दैनिक पत्रिकामा पुल निर्माणको ठेक्का बोलपत्र आव्हान गरेको सुचना प्रकाशन गरेको हो । उक्त खहरे खोलाहरुमा पुल नहुँदा वर्षेनी यस राजमार्गमा आउजाउ गर्ने सवारीसाधनहरु तथा स्थानीयहरुले समस्या भोग्नु परिरहेको छ ।