१२ औं राष्ट्रिय जनगणनामा कटारी ३ मा गणना गर्दै गणक सुमित्रा कार्की । तस्बिर/ ऋषि राई
जन्ताभ्वाईस सम्बाददाता
१३ माघ , विहिबार , २०७८
कटारी/ तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक जनसंख्या अनुसार १० वर्षमा कटारी नगरपालिकामा ४ हजार २२ जना बढेका छन् । २०६८ को जनगणना अनुसार कटारी नगरपालिकाको जनसंख्या ५६ हजार १ सय ४६ थियो यस वर्षको जनगणनामा कटारी नगरपालिकाको जनसंख्या ६० हजार १ सय ६८ पुगेको छ ।
जुन तथ्यांक अनुसार नगरपालिकामा ४ हजार २२ जना जनसंख्या बढेको हो । तथ्यांक अनुसार १० वर्ष अघि २९ हजार ४ सय २० महिलाको जनसंख्या बढेर ३० हजार ९ सय १० पुगेको छ । जसअनुसार १४ सय ९८ जना महिला बढेका छन् ।
त्यसैगरी दशवर्ष अघि २६ हजार ७ सय २६ जना पुरुष रहेकोमा अहिले बढेर २९ हजार २ सय ५० जना पुगेका छन् । जस अनुसार २५ सय २४ जना पुरुष बढेका छन् । १० वर्षमा नगरमा महिला भन्दा पुरुष वढी थपिएपनि समग्रमा नगरमा अहिले २९ हजार २सय ५० पुरुष हुँदा महिलाको संख्या ३० हजार ९ सय १० पुगेको छ । जुन पुरुष भन्दा १६ सय ६० ले बढी हो ।


जनता भ्वाइस 








