images
images

न्ह्ुदया भिन्तुनाको अवसरमा कटारीमा पनि शुभकामना आदान प्रदान

जन्ताभ्वाईस सम्बाददाता
कात्तिक १९ , शुक्रबार , २०७८

कटारी / न्ह्ुदया भिन्तुना नेपाल सम्बद ११४२को अवसरमा नेवा दे दबु कटारी ५ भोर्लेले कटारीमा र्याली गर्दै शुभकामना आदान प्रदान गरेको छ ।प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ अवसरमा भोर्लेका नेवार समुदायले कटारी रिस्कू र कटारी बजार परिक्रमा गरेका थिए । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
उतm अबसरमा कटारी नगरपालिकामा बसोबास गर्दै आएका नेवार समुदायले पनि र्याली गर्दै शुभकामना आदान प्रदान गरेको नेवा दे दबु नगर कमिटी कटारीका सचिव डिकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराउनुभएको थियो ।