जन्ताभ्वाईस सम्बाददाता
१३ कार्तिक , शनिबार
कटारी / राष्ट्रिय जनगणना २०७८ का लागि उदयपुरको कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा खटिने गणकहरुलाई आजदेखि तालिम दिन सुरु गरिएको छ छ । कटारीको श्री त्रिवेणी माविको हलमा दुई स्थानीय तहका ९८ जना गणकहरुलाई ४ दिने तालिम दिन सुरु गरिएको हो ।स्थानीय जनगणनाको कार्यालय कटारीका जनगणना अधिकारी सूर्य कार्कीको अध्यक्षता र कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउतको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन गरिएको थियो ।
आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्ममा हुने जनगणनामा मूख्य प्रश्नावली लिएर जाने गणकहरुलाई आवश्यक तालिम दिन सुरु गरिएको हो । देशभर ४० हजार गणक सरकारले नियक्त गर्दैछ । जस अन्र्तगत उदयपुरमा ४ सय ५४ जना गणकहरुले जनगणना गर्नेछन् । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ देशको १२ औं जनगणना हुँदैछ । यसअघि सुपरिवेक्षकले गरेको घरपरिवार सुपरिवेक्षण पश्चात मूख्य गणनाका लागि गणकहरु खटिनेछन् ।


जनता भ्वाइस 








