images
images

भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एकजना पक्राउ

जन्ताभ्वाईस सम्बाददाता
कार्तिक ८ , सोमबार

कटारी/ उदयपुरको कटारी नगरपालिका स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ का २० बर्षीय प्रेम परियार रहेका छन् ।आज बिहान साढे ३ बजे जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारलाई थप अनुसन्धान गरेर आवश्यक कारवाही अगाडी बढाईने प्रहरीले जनाएको छ ।