images
images

कटारी , ६ मा नेकपा एमालेको वडा कमिटी गठन

जन्ताभ्वाईस सम्बाददाता
१३ , भदौ , आईतबार

कटारी / उदयपुरको कटारी नगरपालिका–६ मा नेकपा एमालेको वडा स्तरीय कार्यकर्ता भेला हिजो शनिबार सम्पन्न भएको छ । नेकपा एमाले प्रदेस कमिटी सदस्य भिम कुमारी राउतको प्रमुख आतिथ्यता तथा तथा उदयपुर जिल्ला उपसचिव ज्ञानेन्द्र श्रेष्ठको बिशिस्ट आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो । कार्यकर्ता भेलामा बोल्दै प्रदेश कमिटी सदस्य भिम कुमारी राउतले नेकपा एमाले फुटेको नभइ चोइटिएको मात्र भन्दै सबै कार्याकर्तालाई एकजुट हुन आग्रह गर्नु भयो ।
यसै गरि उपसचिव श्रेष्ठले नेकपा एमाले विषम परिस्थिति बाट गुज्रिएको बताउदै अहिले पनि नेकपा एमाले माथी केही तत्वहरुको गिद्दे दृष्टि परेकोले सबै कार्यकर्ताले डटेर सामना गर्नु पर्ने बताउनु भयो ।भेलाले प्रेम बहादुर पुर्बछाने को अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमिटी पनि गठन गरिएको छ । करिव एमालेका २०० कार्यकर्ताको भेला रहेको कार्यक्रममा कटारी नगर अध्यक्ष कृष्णराज दनुवार ,युवा संघका केन्द्रिय सदस्यहरु , अनेम संघका सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।