images
images

सोलुकरिडोर बिवाद आज पनि मरुवामा झडप , ५ स्थानीय घाईते

जन्ताभ्वाईस सम्बाददाता
१६ साउन ,शनिबार

कटारी / सोलु करिडोरको टावर राख्ने विषयमा उदयपुरको कटारी ४ मरुवामा आज पनि झडप भएको छ । झडपमा ५ स्थानीय घाईते भएको सोलु करिडोर विवाद समाधान पहल समितिका संयोजक केपी बरालले बताउनुभयो । बरालका अनुसार प्रहरीसँगको झडपमा स्थानीय रिता राई , कपिल राई , लक्ष्मी मगर र गोमा मगर घाईते भएको र उनीहरुको कटारी अस्पत्तालमा उपचार गरी घर फर्किएको पनि संयोजक बरालले बताउनुभयो ।
विबादपछी कटारीका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतमा कोणसभाको समेत आयोजना गरिएको थियो । झडप पश्चात कटारीका राजनीतिक दलका प्रतिनिधिहरु र आयोजना प्रमुखसँगको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेको समितिले जनाएको छ । स्थानीयलले निष्कर्ष निकाल्नका लागि आयोजना प्रमुख , जिल्ला अधिकारी , नगरका जनप्रतिनिधि लगायतका सरोकारवालाहरुसँग वार्ता गर्नुपर्ने , तत्काल प्रहरी मरुवामाविबाट हटाउनुपर्ने , र वार्ताबाट मात्रै समस्या समाधान हुनुपर्ने माग राख्दै आएका छन् ।
त्यहाँ ३ वर्षदेखि रोकिएको काम केही दिन अघिबाट सुरु गरिएको थियो । वडा नम्बर ४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण ३ वर्षयता रोकिँदै आएकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी केही दिन अघिबाट काम सुरु गरेको हो ।
मरुवाका स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पु¥याउँदै आएका थिए । जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटाउन सुरक्षाकर्मी परिचालन गरि काम अघि बढाएको छ । मरुवा माध्यमिक विद्यालय कटारीमा सुरक्षाकर्मी राखेर टावर निर्माण अगाडि बढेपछि विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच विवाद भएको सोलु करिडोर विवाद समाधान पहल समिति संयोजक केपी बरालले बताउनुभयो ।