images
images

कटारी नगरपालिकाद्वारा ४२ थान मिनीट्रेलर वितरण

जन्ताभ्वाईस सम्बाददाता
३० असार , बुधबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिकाले नगरका ४२ कृषी समूह , कृषी सहकारी तथा कृषी फर्मलाई मिनीट्रेलर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका वीच नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले मिनीट्रेलर वितरण गर्नुभयो ।
नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को कृषी यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा नगरपालिकाले कृषकहरुलाई मिनीट्रेलर वितरण गरेको हो । मिनीट्रेलर वितरण गर्दै मेयर श्रेष्ठले कृषकहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढ्ने बता्उनुभयो । ‘विकासका कामसँगै कृषीलाई पहिलो प्राथमिकतामा राखेर नगर अघि बढेको छ । ’श्रेष्ठले भन्नुभयो –‘निकट भविष्यमै नगरको पहिचानका लागि कृषकहरुलाई कृषक परिचय पत्र वितरण गर्ने तयारी गरिरहेका छौं ।’
नगरपालिकाका कृषी विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष रामबहादुर पोखरेलले आगामी दिनमा पनि कृषीलाई आधुनिकीकरण गर्ने काममा नगरपालिका लागि पर्ने बताउनुभयो । नगरपालिकाका कृषी शाखा प्रमुख सोनु मिश्रका अनुसार मिनीट्रेलरमा नगरपालिकाले ७५ प्रतिशत अनुदान व्यहोर्दा कृषकले २५ प्रतिशत लगानीमा मिनीट्रेलर पाएका हुन् ।
मिनीट्रेलर पाएपछी कृषकहरुले कृषी कार्यलाई थप सहज रुपमा अघि बढाउन सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरे । नगरपालिकाले ९ एच पीको २७ थान र ७ एच पीको १५ थान मिनीट्रेलर वितरण गरेको नगरको कृषी शाखाले जनाएको छ ।