जन्ताभ्वाईस सम्बाददाता
२८ असार , सोमबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ५ मा आज संघिय सांसद शुरेस राईले धान रोप्दै कृषीमा जोड दिन आग्रह गर्नुभएको छ । कमला मिलिजुली कृषी फर्मको आयोजनामा१८ औं धान दिवसको अवसरमा उदघाटन गरिएको रोपाई महोत्सव अन्र्तगत आज सांसद राईको उपस्थितिमा धान रोपाई गरिएको हो । रोपाई महोत्सवका रुपमा असार १५ मा सुरु गरिएको रोपाई कार्यक्रमको आज समापन गरिएको हो ।
कृषीमा युवाहरुको आकर्षण बढाउँदै बाँझो रहेका जग्गाहरुमा खेती गरी कृषिलाई यान्त्रिकरण तथा आधुनिकीकरण गर्दै लैजाने उद्येश्यले फर्मले रोपाई कार्यक्रमको आयोजना गरेको फर्मका अध्यक्ष मनिराज दाहालले बताउनुभयो ।युवाहरुको सहभागितामा कृषीकर्म अघि बढाउँदै बाँझो जग्गालाई सदुपयोग गर्ने उद्येश्य रहेको पनि दाहालले बताउनुभयो ।
धान रोपाईमा अखिल नेपाल किसान महासंघका स्थायि कमिटि सदस्य केपि बराल लगायत कटारीका विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।


जनता भ्वाइस 







