
रेनु पराजुली
२ असार , बुधबार , २०७८
कटारी / उदयपुर जिल्लाको कटारी नगरपालिकाले सुरु गरेको नमुना करार खेती कार्यक्रम मार्पmत आप्mनो जग्गा जमिन नहुने आर्थिक अवस्था कमजोर भएका परिवारहरुले आम्दानी लिन थालेका छन् । नगरपालिकाले वडा नम्बर ३ , हडैयामा व्यक्तिको २ विघा जग्गा ५ वर्षका लागि भाडामा लिएर जग्गा नहुने आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई गतवर्षदेखि खेती गर्न दिएको थियो ।
राष्ट्रिय कृषक समूह महासंघ कटारीले कार्यक्रम गर्ने प्रस्ताब राखेपछी नगरका उपमेयर भिमकुमारी राउतको पहलमा कार्यक्रम सुरु गरिएको थियो । ‘महासंघले कार्यक्रमको बारेमा जानकारी दियो अनि मेरै पहलमा कार्यक्रमको थालनी गरेका हौं ।’उपमेयर राउतले भनिन्–‘नमुना कार्यक्रम हुन्छ भनेर सुरु गरेका हौं अहिले राम्रै हुँदै गएको छ ,’
उपमेयर राउतका अनुसार नगरपालिकाले पहिलो चोटी मल , विऊ कृषकहरुलाई उपलब्ध गराएको थियो । फेरी कुटो , कोदालो ,बत्ती पानीको पनि व्यवस्था नगरपालिकाले ने गरिदियो ।‘दिने कुरा कम गर्दै जान्छौं , भाडा तिरिदिन्छौं ’उपमेयर राउतले भनिन् –‘ नगरलाई उनीहरुले केहि दिनुपर्दैन राम्रो आम्दानी गरेर जीवन निर्वाह गरे हुन्छ ।’
अहिले उक्त कार्यक्रम मार्पmत १८ घरका गरिब तथा विपन्न दलित परिवारले विभिन्न खेती गरेर आयआर्जन गरिरहेका छन् । गतवर्षदेखि काउली ,बन्दा , करेला , भाण्टा लगायतका तरकारी उत्पादन गरेर उनीहरुले आम्दानी समेत लिन थालेका छन् । करारकै जग्गामा खेती गरिरहेका लक्ष्मण परियारले करार खेती कार्यक्रमबाट परिवार पाल्नका लागि सजिलो भएको बताए ।
ज्याला मजदुरी गर्दै आईरहेकाहरुले लाली गुराँस दलित कृषक समूह गठन गरेर समूहिक खेती गरेका हुन् । १८ घर परिवार दलित समुदाय अहिले खेतीपातीमा व्यस्त हुने गरेका छन् । ‘ यसैगरी कमाएर खान मात्र दिने हो भने, खुसीको दिन आउने रहेछ,’ अर्की स्थानीय, आशा सदाले भनिन्, ‘अहिले छोराछोरीको पढाई खर्च, नुन, तेल, सामान्य उपचार खर्च पनि तरकारी बेचेर धान्ने गरेका छौं ।’ नमुना करार खेतीले नगरका बाँझो जग्गालाई निश्चित समयका लागि करारमा जग्गा नहुनेलाई दिए उपयोग गर्न सकिने उदाहरण समेत बन्दै गएको उपमेयर राउतले बताईन् ।