जन्ताभ्वाईस सम्बाददाता
१ असार , २०७८
कटारी / उदयुरको कटारी नगरपालिकालाई गोर्खा वेल्फेयरले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सामाग्री सहयोग गरेको छ । वेल्फेयरले १३ लाख ५८ हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो । सोमबार गोर्खा वेल्फेयरका प्रतिनिधि मेघराज लिम्बुले कटारी नगरपालिका नगरप्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै मेयर श्रेष्ठले वेल्फेयरलाई सहयोगका लागि धन्यवाद दिनुभयो । विशेष गरी वेल्फेयरसँग आपैmले पहल गरी सामाग्री उपलब्ध गराएको भन्दै मेयर श्रेष्ठले कोरोनासँगको लडाईमा सहयोग गर्नेहरुलाई नगरले जहिले सम्मान गर्ने बताउनुभयो ।वेल्फेयरले कन्सन्ट्रेटर ५ थान ,अक्सामिटर ३० थान र पिपीई ३ सय थान नगरपालिकालाई सहयोग हस्तान्तरण गरेको थियो ।