images
images

कटारीमा निषेधाज्ञाका कारण जग्गा नापीको काम प्रभावित

ऋषि राई
२४ वैशाख , शुक्रबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका भूमिहिन , सुकुम्बासी , दलित र अव्यवस्थित परिवारको जग्गा नापीको काम सुरु गरेपनि प्रभावित भएको छ । नगरपालिकाले सोमबारदेखि वडा नम्बर १ बाट जग्गा नाप्ने काम सुरु गरेको थियो ।
आवश्यक प्राविधिक सहितको टोलीले जग्गा नापीको काम सुरु गरिसकेको भएपनि बुधबार रातिदेखि नगरमा निषेधाज्ञा लकडाउनलाई थप कडाई गरिरएकाले हाललाई नापीको काम समेत प्रभावित भएको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।‘हाललाई नगरवासी बचाउनु ठुलो कुरा भयो ’उहाँले भन्नुभयो –‘नगरवासीको नाममा जग्गा दिने नै हो तर अहिले महामारी ठुलो संकट बन्यो ।’
नगरपालिकाले बुधबार राति १० बजेदेखि २९ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिसकेको छ । भूमि व्यवस्था आयोगबाट२०७७ माघ ९ मा भूमिहिन दलित , भूमिहिन सुकसम्बासी र अव्यवस्थित वसोवास पहिचान र प्रमाणिकरणका लागि आयोगबाट ३५ दिने सुचना प्रकाशन भएबमोजिम नगरका १४ वटैवडाको तथ्याङ्क संकलन गरि जग्गा नापीको काम थालेको थियो ।
संकलित तथ्याङ्क अनुसार नगरमा १ हजार ३ सय ७३ भूमिहिन , सुकुम्बासी दलित र ८ हजार ६ सय ३३ अव्यवस्थित परिवार संख्या रहेका छन् । जसमा भूमिहिन सुकुम्वासी दलित परिवार संख्या वडा नम्बर १ मा २२ वडा नम्बर २ मा २ सय २० , वडा नम्बर ३ मा ७० ,वडा नम्बर ४ मा १ सय ४० , वडा नम्बर ५ मा ४ सय ५५ ,वडा नम्बर ६ मा ३ सय ५० ,वडा नम्बर ७ मा ७९ ,वडा नम्बर ८ मा ९ वडा नम्बर ९ मा १ वडा नम्बर १० मा ४ , वडा नम्बर ११ मा १ , वडा नम्बर १२ मा१५ , वडा नम्बर १३ मा ५ र वडा नम्बर १४ मा २ रहेका छन् ।
त्यसैगरी अव्यवस्थित वसोवास परिवार संख्या वडा नम्बर १ मा ९ सय ९० वडा नम्बर २ मा ८ सय ५० , वडा नम्बर ३ मा ७ सय ६८ ,वडा नम्बर ४ मा १७ सय २५ , वडा नम्बर ५ मा१२ सय ९० ,वडा नम्बर ६मा६ सय ८० ,वडा नम्बर ७ मा ११ सय २३ ,वडा नम्बर ८ मा ४ सय ३६ वडा नम्बर ९ मा १ सय ८७ वडा नम्बर १० मा १ सय ६९ , वडा नम्बर ११ मा ८४ , वडा नम्बर १२ मा१ सय ११ , वडा नम्बर १३ मा ४२ र वडा नम्बर १४ मा १ सय ३८ रहेका छन् ।
मेयर श्रेष्ठका अनुसार तथ्याङ्क अनुसारका जग्गा नापजाँच सुरु भएको थियो । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय स्थानीय तहमा लागु यो कार्यक्रम कटारीमा ल्याउन सफल भएको भन्दै मेयर श्रेष्ठले नगरपालिकाको मूख्य समस्याका रुपमा रहेको समस्या समाधान गरी जग्गाधनीपुर्जा हातमा लगाउत आफु लागिपरिरहेको बताउँदै हाललाई संक्रमणबाट बचाउन तर्पm लागेको बताउनुभयो ।कटारी नगरपालिकामा लगत संकलन ईकाई कार्यालयको गएको १५ पुषमा उद्घाटन गर्दै काम सुरु गरिएको थियो ।