images
images

सिजि ग्रुपसंगै ‘मिस उदयपुर’ले हस्तान्तरण गरिन् ‘वाइवाइ जिङ’ उपभोक्तालाई स्कुटर

जन्ताभ्वाईस सम्बाददाता
१० वैशाख , शुक्रबार , २०७८

ईटहरी /चौधरी ग्रुपको उत्पादन ‘वाइवाइ जिङ’ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रियुगा नगरपालिका, गाईघाट ११ का बिनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । ‘जिङमा जित उपभोक्ता उपहार योजना’ कार्यक्रम अन्तर्गत १० औ स्कुटर बितरण कार्यक्रम पनि सम्पन्न भएको छ ।
बैशाख ७ गते सिजि फुड्स नुडल्स डिभिजनका प्रदेश १ प्रमुख सेल्स हेड पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक मार्केटिङ तथा ब्राण्ड प्रोमोसन रबिन्द्र मास्के लगायतको टिम गाईघाट पुगेर पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो ।लुइँटेल संगै भर्खरै सम्पन्न ‘वाइवाइ मिस उदयपुर’ दोश्रो सिजनकि बिजेता निष्मा राउतले बिजेतालाई स्कुटरको चाबी हस्तान्तरण गरेका थिए । लुइँटेलले बिजेतालाई बधाई दिदै ‘यो उपहार मात्रै नभएर उपभोक्तालाई सहज जीवन यापन गर्नको लागि कम्पनीले यो एक किसिमको सहुलियत प्रदान गरेको पनि बताए ।
यस्तै लुइँटेलले उपभोक्ताको अत्याधिक मागका कारण यो योजनाले अझै निरन्तरता पाउने समेत जानकारी गराए । उक्त कार्यक्रममा कम्पनिका प्रदेश १ सहायक प्रबन्धक ९मार्केटिङ तथा ब्राण्ड प्रोमोसन० रबिन्द्र मास्केले सिजि फुड्स द्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजना अन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साईकल, साईकल, स्पिनिनर, लुडो लगायत हात खाली नजाने उपहारहरु जित्न सकिने बताए ।