जन्ताभ्वाईस सम्बाददाता
३ चैत्र , मंगलबार , २०७७
कटारी /उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका भूमिहिन , सुकुम्बासी , दलित र अव्यवस्थित परिवारको तथ्याङ्क संकलन गरेको छ । भूमि व्यवस्था आयोगबाट२०७७ माग ९ मा भूमिहिन दलित , भूमिहिन सुकसम्बासी र अव्यवस्थित वसोवास पहिचान र प्रमाणिकरणका लागि आयोगबाट ३५ दिने सुचना प्रकाशन भएबमोजिम नगरका १४ वटैवडाको तथ्याङ्क संकलन गरिएको हो । संकलित तथ्याङ्क अनुसार नगरमा १ हजार ३ सय ७३ भूमिहिन , सुकुम्बासी दलित र ८ हजार ६ सय ३३ अव्यवस्थित परिवार संख्या रहेका छन् ।
जसमा भूमिहिन सुकुम्वासी दलित परिवार संख्या वडा नम्बर १ मा २२ वडा नम्बर २ मा २ सय २० , वडा नम्बर ३ मा ७० ,वडा नम्बर ४ मा १ सय ४० , वडा नम्बर ५ मा ४ सय ५५ ,वडा नम्बर ६ मा ३ सय ५० ,वडा नम्बर ७ मा ७९ ,वडा नम्बर ८ मा ९ वडा नम्बर ९ मा १ वडा नम्बर १० मा ४ , वडा नम्बर ११ मा १ , वडा नम्बर १२ मा१५ , वडा नम्बर १३ मा ५ र वडा नम्बर १४ मा २ रहेका छन् ।
त्यसैगरी अव्यवस्थित वसोवास परिवार संख्या वडा नम्बर १ मा ९ सय ९० वडा नम्बर २ मा ८ सय ५० , वडा नम्बर ३ मा ७ सय ६८ ,वडा नम्बर ४ मा १७ सय २५ , वडा नम्बर ५ मा१२ सय ९० ,वडा नम्बर ६मा६ सय ८० ,वडा नम्बर ७ मा ११ सय २३ ,वडा नम्बर ८ मा ४ सय ३६ वडा नम्बर ९ मा १ सय ८७ वडा नम्बर १० मा १ सय ६९ , वडा नम्बर ११ मा ८४ , वडा नम्बर १२ मा१ सय ११ , वडा नम्बर १३ मा ४२ र वडा नम्बर १४ मा १ सय ३८ रहेका छन् ।
उक्त नगरपालिकाको तथ्याङ्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर प्रसाद भट्टले प्रमाणित हस्ताक्षर गरी गएको फागुन २८ मा भूमि सम्बन्धि समस्या समाधान आयोग ताहाचल काठमाडौंलाई जानकारी गराईसकेको पनि नगरपालिकाले जनाएको छ । तथ्याङ्क संकलनको काम सकिएकोले आगामी चरणमा तथ्याङ्क अनुसारको जग्गाको नापी गर्न फिल्डमा कर्मचारी पठाउने नगरपालिकका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अव सबै तथ्याङ्क अनुसारका जग्गा नापजाँच हुनेछ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय स्थानीय तहमा लागु यो कार्यक्रम कटारीमा ल्याउन सफल भएको भन्दै मेयर श्रेष्ठले नगरपालिकाको मूख्य समस्याका रुपमा रहेको समस्या समाधान गरी जग्गाधनीपुर्जा हातमा लगाउत आफु लागिपरेको बताए ।
कटारी नगरपालिकामा लगत संकलन ईकाई कार्यालयको गएको १५ पुषमा उद्घाटन गर्दै काम सुरु गरिएको थियो । कार्यालयका लागि कर्मचारी समेत यस अघि नै नियुक्त गरी काम अघि बढाईएको हो । प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री रामबहादुर मगरले कार्यालयको उदघाटन गरेका थिए ।