जन्ताभ्वाईस सम्बाददाता
२ ,फागुन,आईतबार
दुधौली /नेपाल कम्युनिष्ट पार्टी ओली समूहको सिन्धुली दुधौली नगर कमिटीले आज दुधौलीमा पत्रकार सम्मेलन गर्दै केहि अराजक व्यक्तिहरुले आफ्नै पार्टीको सरकारलाई असफल पार्न भूमिका खेलेको आरोप लगाएको छ । साथै नगरमा पार्टीमा बहुमत सदस्यहरु आप्mनो पक्षमा रहेको पनि दावी गरेको छ । कमिटीको पत्रकार सम्मेलनमा नगर अध्यक्ष लक्ष्मण कुमार कार्की हस्ताक्षरित विज्ञप्ति जारी गर्दै कार्यकर्ताहरुलाई भ्रममा नपर्न पनि आग्रह गरिएको छ ।
साथै गएको २३ माघमा समूहको काठमाडौंमा भएको वृहत जनसभामा सहभागी हुन सहयोग गर्ने सबैलाई कमिटीले धन्यवाद समृेत दिएको छ । सभामा जिल्ला ईन्चार्ज विषमलाल अधिकारी ,केन्द्रिय सदस्य शान्तिमान कार्की लगायतका समूहले सहभागीता जनाएकोमा सहयोग गर्ने सवैलाई धन्यवाद दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


जनता भ्वाइस 







