जन्ताभ्वाईस सम्बाददाता
२२ माघ , बिहिबार
कटारी / उदयपुरको कटारी नगरपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएकाहरुलाई धनीपुर्जा वितरणको लागि तथ्याङ्क संकलनको कार्य प्रारम्भ भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन ईकाई कार्यालयमा कर्मचारी करारमा नियुक्त गरी नगरपालिकाले धनीपुर्जा वितरणको कार्य सुरु गरिसकेको हो ।
नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले काम सुरु भईसकेको जानकारी गराउँदै फागुन भित्रमा तथ्याङ्क लिईसक्ने र असार मसान्त भित्रमा धनीपुर्जा वितरण गरिने बताउनुभयो । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय स्थानीय तहमा लागु यो कार्यक्रम कटारीमा ल्याउन सफल भएको भन्दै मेयर श्रेष्ठले कर्मचारी गाउँमा खटिसकेको बताउनुभयो । नगरपालिकाको मूख्य समस्याका रुपमा रहेको समस्या समाधान गरी जग्गाधनीपुर्जा हातमा लगाउत आफु लागिपरेको पनि मेयर श्रेष्ठले बताउनुभयो ।


जनता भ्वाइस 








