
२९ मंसिर , सोमबार
जन्ताभ्वाईस सम्बाददाता
कटारी /नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेवि संघले उदयपुरको कटारीमा हिजो आईतबारसाँझ सिठी जुलुस निकालेका छन् । वर्तमान ओली सरकारविरुद्ध नेवि संघको केन्द्रिय कमिटीको आयोजनामा कटारीमा सिठी जुलुस निकालिएको संघका केन्द्रिय सदस्य मिरा कटुवालले बताउनुभयो ।
कटारीको प्रवेशस्थलबाट सुरु भएको सिठी जुलुसले कटारी बजार परिक्रमा गरी भूगोलपार्कमा कोणसभा गरी समापन गरिएको थियो । सभालाई सम्बोधन गर्दै संघका केन्द्रिय सदस्य कटुवालले वर्तमान सरकार भ्रष्टाचार , अन्याय र अत्याचारमा व्यस्त रहेकाले कसैको कुरा नसुन्ने भएकाले सकारको कानमा पुगोस भनेर सिठी जुलुस निकालिएको बताउनुभयो ।
विभिन्न काण्डले भरिएको ओली सरकारले विकासका नाममा आश्वासन दिएर भ्रष्टाचार र कमिसनमा चुर्लुम्म डुबेको आरोप कटुवालले लगाउनुभयो । ओली सरकारको उपहार , हत्याहिंसा वलात्कार , तनहुँ घटनाको सम्बन्धमा माफी माग , कोरोनाको नाममा भ्रष्टाचार लगायतका नारा सहित नेविसंघले कटारीमा जुलुस निकालेको थियो । सिठी जुलुसमा नेवि संघ , तरुण दल नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।