images
images

नगरवासीलाई बचाउन लागि पर्दा पर्दै कटारीका मेयरलाई कोरोना संक्रमण

 

जनता भ्वाईस सम्बाददाता
४ कार्तिक,मंगलबार
कटारी /उदयपुरको कटारी नगरपालिकाका मेयरसहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्याल, शिक्षा शाखाका श्रोत व्यक्ति सुर्य कार्की र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चन्द्र सिवाकोटीमा कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या संख्या २ सय ४ पुगेको छ । मेयर श्रेष्ठले जनताको काम गर्दा गर्दै आफूमा कोरोना संक्रमण भएको बताउनुभयो । कोरोनाबाट नगरवासीहरुलाई बचाउन लागि पर्दा पर्दै आफु संक्रमित भएको बताउँदै उहाँले सवैलाई सतर्क रहन आग्रह समेत गर्नुभयो ।
संक्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ९२ जना, बेलका नगरपालिकामा ५७ जना, कटारी नगरपालिकामा ३३ जना, चौदण्डीगढी नगरपालिकामा ११ जना, ताप्ली गाउँपालिकामा ३, उदयपुरगढी र रौतामाई गाउँपालिकामा २÷२ जना रहेका छन् ।