काठमाडौं – करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई आज थानकोट सतुंगलबाट पक्राउ गरेको हो ।
एक जना हिजो पक्राउ परेका थिए । पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न रहेको भन्दै हिजो १ जनालाई पक्राउ गरेको थियो ।
उनले दिएको बयानका आधारमा आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिनुभयो ।