काठमाडौँ – मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ । घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको हो ।
शवको पहिचान नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । उनले अनुसन्धान जारी रहेको बताए ।