images
images

बलात्कारको आरोपमा पाँचजना पक्राउ

काठमाडौँ – हेटौंडाकी अजिता भुजेलको बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । मकवानपुरको क्याम्पाडाडाँमा गत माघ ४ गते बिहान तेस्रो लिंगी भुजेलको शव अर्धनग्न अवस्थामा फेला परेको थियो।

घटनाको १७ दिनपछि मंगलबार प्रहरीले भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिकाकी २० वर्षीया एलिसा पाख्रिन, २४ वर्षीय आशिष बल, २१ वर्षीय बुद्ध लामा, १८ वर्षीय सिमोन परियार र २५ वर्षीय शुसिल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।

उनीहरूले थानाभञ्याङमा ना ६ ख ६५२७ नम्बरको ट्रकभित्र भुजेलको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको छ । कुर्मीका अनुसार सात हजार रुपैयाँ दिने सहमतिमा यौनसम्पर्क राखे पनि पछि पैसाको निहुँमा विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै गएपछि उनीहरूले अजितालाई ट्रकभित्र बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।