काठमाण्डौँ – सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । आज माघको १५ गते । नर्स दिवस । तिनै ममतामयी सेवा दिने नर्सहरुको दिन ।
देशभर बिभिन्न चेतनामूल्क कार्यक्रम गरी मनाइदै छ । नर्सिगंको ईतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपेक्ष्यमा नर्सहरुको महत्व अनि विकास धेरै भईरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ ।
सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे । भने अहिले आएर धेरै स्वास्थ्य खुलेका छन् र त्यहाँ नर्सहरुले सेवा दिइरहेका छन् ।
नेपालमा नर्सिङ्ग सेवाको इतिहास पुरानै रहे पनि नर्सहरु स्वंयको अवस्थामा भने खासै सुधार देखिएको छैन । ६ दशकको नर्सिङ अभ्यासमा अझै पनि नर्सहरु सेवासुविधा लगायत व्यवसायिक सुरक्षाका लागि संघर्षरत छन् ।
विसं २०१३ सालमा नर्सिङ्ग स्कुलको स्थापना संगै नेपालमा यस्को अध्ययन अध्यापन सुरु भएको हो । नर्सिङ्ग कलेजको स्थापनासंगै यसप्रति अध्ययन गर्नेहरुको मोह मात्र बढेन, शहर बजारमा थपिएको निजी अस्पतालहरु संगै रोजगारीका अवसरहरु पनि सृजना भए ।
तर सेवारत नर्सहरुको अवस्थामा सुधार आएन । अहिले हजारौँ नर्सहरु आधिकारिक रुपमा नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएका छन् । ६ दशक भन्दा लामो इतिहास भएपनि नेपालमा नर्सहरुका समस्या भने पुरानै छन् ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने तथा २४ सै घण्टा विरामीहरुको स्याहार सुसारमा बिताउनु पर्ने उनीहरुको सेवासुविधामा भने सम्वन्धित निकायहरु सचेत छैनन् । अस्पतालहरुमा स्वंयसेवा गर्नुपर्ने, तलव भत्ताको कमी, नर्स प्यासेन्ट रेसियो लागू नहुनु नर्सहरुको पुरानै समस्या हो । सेवा सुविधासंगै व्यवसायिकताका लागि नर्सहरुको संघर्ष भने जारी छ ।
देशमा रोजगारीको उचित अवसर सृर्जना नहुनुले नर्सहरु विदेशीने क्रम बढ्दो छ । यसको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पर्न नदिन उचित ब्यवस्थापनका लागि सम्वन्धित निकाय समयमै गम्भीर हुन जरुरी छ ।


जनता भ्वाइस 







