काठमाडौँ – टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन् । ६.८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै गएको थियो। भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो।
बिबिसीका अनुसार भूकम्पमा पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको छ । टर्कीमा प्रायजसो भूकम्प गइरहन्छ। सन् १९९९ मा पश्चिमी शहर इज्मिटमा गएको भूकम्पमा परि १७ हजार मानिसले ज्यान गुमाएका थिए।
शुक्रबार स्थानिय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा सो भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी मुलुक सिरिया, लेबनान तथा इरानसम्म महशुस गरिएको थियो।


जनता भ्वाइस 







