काठमाडौँ – सलोन बस्नेत मुख्य नायकको रुपमा चलेनन् । उनले लीड क्यारेक्टरको रुपमा काम गरेका चलचित्र बक्स अफिसमा खासै सफल छैनन् । तर, सलोन चलचित्रमा भने चटनीको रुपमा प्रस्तुत हुन्छन् ।
उनले, अभिनय गरेका चलचित्रमा मुख्य नायक नै छायामा पर्ने अवस्था आउँछ । उनै, सलोनलाई निर्देशक झरना थापाले फागुण १३ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘ए मेरो हजुर ४’मा पनि अनुवन्धित गरेकी छिन् । यो चलचित्रमा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहनेछन् ।
सलोनलाई दर्शकले अनमोलको साथीको रुपमा देख्न पाउनेछन् । उसो त, सलोनले झरनासँग सहकार्य गरेको यो पहिलो चलचित्र भने होइन । ‘ए मेरो हजुर २ र ३’मा पनि उनले काम गरेका थिए । यसरीहेर्दा, सलोनबिना यो हिट सिरिज अपुरो नै रहने देखिन्छ ।