images
images

खोकनामा अचेल तोरी फुल्दैन !

काठमाडौं – ललितपुरको खोकना अर्थात तोरीको तेलका लागि प्रसिद्ध ठाँऊ । तर, खोकनाले अब आफ्नो पहिचान गुमाउन थालेको छ ।पहिला तेल बेच्न विभिन्न ठाँउमा जाने खोकनाका किसानहरु आजभोलि तेल बेच्न होइन, किन्न विभिन्न ठाउँमा धाउँछन् ।

बेच्न त परकै कुरा, आफैंलाई खानका लागि पनि खोकनाबासीसँग आजभोलि पर्याप्त तोरीको तेल छैन । केही बर्षअघिसम्म तोरी खेती गर्ने र स्थानीय मिलमा पेलेर तेल बेच्ने मुख्य पेशा थियो खोकनाबासीको । तर, अचेल तोरी लगाउनै छाडेको स्थानीय बुद्धिकृष्ण डंगोल बताउँछन् ।

‘हामी सानो छँदा हाम्रा बाजेहरु मिलमा तोरी पेल्न पालो कुरेर बस्थे । अहिले जस्तो बत्तीबाट चल्ने मिल थिएनन्, हातैले घुमाउनुपर्थो । तोरीतेलको बास्ना पनि कति मीठो हुन्थ्यो,’ बुद्धिकृष्ण सम्झन्छन्, ‘अहिले त तोरीमिल पनि बन्द हुँदै जान थाले । भएका मिलहरु पनि तोरी नपाएर बन्द हुने अवस्थामा पुगेका छन् ।’

खोकनाबासीले धान भित्र्याउने वित्तिकै तोरी छर्ने गर्थे । पुस–माघमा खोकनाका फाटँहरु पहेंलपुर हुने गर्थे । तर, आजभोलि तोरी लगाउने खेतमा घरहरु बन्न थालेका छन् । बाँकी रहेको जमिन पनि कि त बाँझै छन्, कि अर्थोकै खेती हुन थालेको छ ।

केही बर्षअघिसम्म तोरी खेती गर्ने र स्थानीय मिलमा पेलेर तेल बेच्ने मुख्य पेशा थियो खोकनाबासीको । तर, अचेल तोरी लगाउनै छाडेको स्थानीय बुद्धिकृष्ण डंगोल बताउँछन् ।

‘हामी सानो छँदा हाम्रा बाजेहरु मिलमा तोरी पेल्न पालो कुरेर बस्थे । अहिले जस्तो बत्तीबाट चल्ने मिल थिएनन्, हातैले घुमाउनुपर्थो । तोरीतेलको बास्ना पनि कति मीठो हुन्थ्यो,’ बुद्धिकृष्ण सम्झन्छन्, ‘अहिले त तोरीमिल पनि बन्द हुँदै जान थाले । भएका मिलहरु पनि तोरी नपाएर बन्द हुने अवस्थामा पुगेका छन् ।’

खोकनाबासीले धान भित्र्याउने वित्तिकै तोरी छर्ने गर्थे । पुस–माघमा खोकनाका फाटँहरु पहेंलपुर हुने गर्थे । तर, आजभोलि तोरी लगाउने खेतमा घरहरु बन्न थालेका छन् । बाँकी रहेको जमिन पनि कि त बाँझै छन्, कि अर्थोकै खेती हुन थालेको छ ।

तोरीको पकेट क्षेत्र मानिएका जिल्लाहरुमा बर्षेनी एकै प्रकृतिको तोरी लगाउनु र माटोको परीक्षण नगरिनुजस्ता कारणले पनि तोरीको उत्पादन खस्कँदै गएको बाली विज्ञको भनाइ छ । पर्याप्त सिचाइँको अभावका कारणले पनि तोरीको उत्पादन क्षेत्र घट्दै गएको विज्ञको तर्क छ । वरिष्ठ बाली अधिकृत आचार्यका अनुसार उच्चस्तरको तोरीको जातमा वृद्धि गर्न सके उत्पादन बढाउन सकिन्छ ।

उनी सुनाउँछन्, ‘हामीले पुरानै प्रविधिको प्रयोग गरेर तोरी खेती गरिरहेका छौं । त्यसले पनि उत्पादन बढ्न नसकेको हो । नेपाललाई तोरी उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले अनुदानको व्यवस्थामा जोड दिनुपर्छ ।’