images
images

ललितपुरकाे सानेपामा आगलागी

काठमाडौँ – ललितपुरको सानेपामा रहेको कवाडी पसलमा आगलागी भएको छ । शनिबार बेलुका ८ बजेतिर लागेको आगो सेना, प्रहरी र ६ वटा दमकलको सहायतामा झण्डै एक घण्टामा निभाइएको सानेपा प्रहरीले जनाएको छ ।

जनकपुरका राजेश पासवानले सञ्चालन गरेको जुटको बोरा र कवाडीका सामान रहेको पसल आगलागीबाट जलेर नष्ट भएको छ । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको र आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।