काठमाडौँ – काभ्रेको धुलिखेलमा केही व्यक्ति डलर साट्ने बहानामा १५ लाख रुपैयाँ लुटेर फरार भएका छन् । घुलिखेल अस्पतालको नर्सिङ होस्टेल पछाडिबाट केही व्यक्ति डलर साटने भन्दै १५ लाख रुपैयाँ नगद लगेर फरार भएका हुन् । रुकुमको मुसिकोट नगरपालिका–२ खलङ्गा घर भएका ३० वर्षीय पुरुषले डलर साटिदिने भन्दै १५ लाख रुपैयाँ बोकेका थिए ।